फेरि कानुनी झमेलामा फसिन् नयनतारा
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेत्री नयनतारा फेरि कानुनी झमेलामा फसेकी छिन् । ‘नयनथाराः बियोन्ड द फेयरी टेल’ वृत्तचित्र रिलिज भएदेखि नै नायिका कानुनी समस्यामा परेकी छिन् । यो वृत्तचित्र गत वर्ष नोभेम्बरमा नेटफ्लिक्समा रिलिज भएको थियो ।
यसपछि अभिनेता धनुषले नयनतारालाई कानुनी नोटिस पठाए । डकुमेन्ट्रीमा धनुषको प्रोडक्सन हाउसको फिल्म ‘नानुम राउडी धन’ को केही सेकेन्डको बीटीउस फुटेज राखिएको थियो ।
फिल्मको कन्टेन्ट बिना अनुमति प्रयोग गरेको भन्दै धनुषले अभिनेत्रीलाई १० करोड भारु माग गर्दै कानुनी नोटिस पठाएका थिए । नयनताराले सार्वजनिक विज्ञप्ति जारी गर्दै यसको जवाफ दिएकी थिइन् । अहिले उक्त वृत्तचित्रलाई लिएर नयाँ विवाद उत्पन्न भएको छ ।
‘चन्द्रमुखी’का निर्माताले मागे ५ करोड
धनुषले नयनतारा, उनका पति तथा निर्देशक विग्नेश शिवन र नेटफ्लिक्सविरुद्ध मुद्दा दायर गरेका थिए । अब नयनताराको सुपरहिट फिल्म ‘चन्द्रमुखी’ का निर्माताले अभिनेत्री र नेटफ्लिक्सलाई नोटिस पठाएका छन् । नयनताराको वृत्तचित्रमा ‘चन्द्रमुखी’ को क्लिप प्रयोग गरिएको आरोप छ ।
निर्माताले नयनथारा र नेटफ्लिक्सलाई कानुनी नोटिस पठाएर फिल्मको सामग्री अनधिकृत रूपमा प्रयोग गरेकोमा ५ करोड रुपैयाँ मागेका छन् । वृत्तचित्र रिलिज भएपछि नयनताराले निरन्तर कानुनी चुनौती सामना गरिरहेकी छिन् ।
चन्द्रमुखीका निर्माताले पठाएको नोटिसबारे अभिनेत्रीले कहिले र कस्तो प्रतिक्रिया दिन्छिन् हेर्न बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण