पूर्व गायिकाले साङ्गीतिक समूहको गीत फेरि ल्याएपछि तनाव
काठमाडौँ । साङ्गीतिक समूहले पहिले सार्वजनिक गरेको गीत समूहका पूर्व गायिका आफैँले फेरि सार्वजनिक गरेपछि कस्तो तनाव हुन्छ । यस्तै, तनावको सामना गरिरहेको छ यतिबेला साङ्गीतिक समूह ‘द आउट साइडर्स नेपाल’ ।
समूहले गत २०७९ असोज ७ गते मिडिया पोर्ट पूर्वाञ्चल रक्ससँगको सहकार्यमा ‘माइली’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेको थियो । उक्त गीत २०८१ मङ्सिर २७ गते साङ्गीतिक समूहकी पूर्व गायिका समिता लिम्बुले पनि ल्याएकी छन् ।
उक्त गीत पूर्व गायिकाले आफ्नो साङ्गीतिक समूहको सहमति बिना एकल मनोमर्जी रूपमा सार्वजनिक गरेपछि ‘द आउट साइडर्स नेपाल’ आपत्ति प्रकट गरेको छ । गायिका समिता लिम्बुले यस अगाडि सार्वजनिक गीतको रोयल्टीका विषयमा विभिन्न आरोप लगाउँदै गीत सार्वजनिक गरेकी हुन् ।
साङ्गीतिक समूह ‘द आउट साइडर्स नेपाल’ एक विज्ञप्ति जारी गर्दै गायिकाले लिम्बुले लगाएको आरोपप्रति आपत्ति प्रकट गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । यस विषयमा साङ्गीतिक समूहले अहिलेसम्म कुनै रोयल्टी तथा रेभिन्य शीर्षकमा कुनै पनि रकम प्राप्त नगरेको समेत समूहले स्पष्ट पारेको छ ।
‘सुनियोजित तवरबाट तथ्यहीन, भ्रामक कुराहरू लेखी सस्तो लोकप्रियताका लागि यस साङ्गीतिक समूहलाई बदनाम गर्न प्रयास गरिएको छ’, समूहले विज्ञप्तिमा अगाडि भनेको छ ‘भ्रामक तथा तथ्यहीन आरोपमा सत्यता नरहेको जानकारी गराउँछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण