पूर्व गायिकाले साङ्गीतिक समूहको गीत फेरि ल्याएपछि तनाव

काठमाडौँ । साङ्गीतिक समूहले पहिले सार्वजनिक गरेको गीत समूहका पूर्व गायिका आफैँले फेरि सार्वजनिक गरेपछि कस्तो तनाव हुन्छ । यस्तै, तनावको सामना गरिरहेको छ यतिबेला साङ्गीतिक समूह ‘द आउट साइडर्स नेपाल’ ।
समूहले गत २०७९ असोज ७ गते मिडिया पोर्ट पूर्वाञ्चल रक्ससँगको सहकार्यमा ‘माइली’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेको थियो । उक्त गीत २०८१ मङ्सिर २७ गते साङ्गीतिक समूहकी पूर्व गायिका समिता लिम्बुले पनि ल्याएकी छन् ।
उक्त गीत पूर्व गायिकाले आफ्नो साङ्गीतिक समूहको सहमति बिना एकल मनोमर्जी रूपमा सार्वजनिक गरेपछि ‘द आउट साइडर्स नेपाल’ आपत्ति प्रकट गरेको छ । गायिका समिता लिम्बुले यस अगाडि सार्वजनिक गीतको रोयल्टीका विषयमा विभिन्न आरोप लगाउँदै गीत सार्वजनिक गरेकी हुन् ।
साङ्गीतिक समूह ‘द आउट साइडर्स नेपाल’ एक विज्ञप्ति जारी गर्दै गायिकाले लिम्बुले लगाएको आरोपप्रति आपत्ति प्रकट गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । यस विषयमा साङ्गीतिक समूहले अहिलेसम्म कुनै रोयल्टी तथा रेभिन्य शीर्षकमा कुनै पनि रकम प्राप्त नगरेको समेत समूहले स्पष्ट पारेको छ ।
‘सुनियोजित तवरबाट तथ्यहीन, भ्रामक कुराहरू लेखी सस्तो लोकप्रियताका लागि यस साङ्गीतिक समूहलाई बदनाम गर्न प्रयास गरिएको छ’, समूहले विज्ञप्तिमा अगाडि भनेको छ ‘भ्रामक तथा तथ्यहीन आरोपमा सत्यता नरहेको जानकारी गराउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र