चर्चित चलचित्र निर्माता तथा पत्रकार प्रितिश नन्दीको निधन
मुम्बई । चर्चित चलचित्र निर्माता तथा पत्रकार प्रितिश नन्दीको बुधबार हृदयघातका कारण निधन भएको छ । ७३ वर्षीय नन्दी प्यान्क्रियाटिक क्यान्सरबाट पीडित थिए ।
अनुपम खेरले एक्समा पोस्ट गरेर उनको मृत्युको बारेमा जानकारी दिए। उनले चमेली, सुर र हजारौं ख्वाइसेँ ऐसी जस्ता चलचित्र निर्माण गरेका थिए ।
प्रितिश नन्दीको जन्म १५ जनवरी १९५१ मा भागलपुर, बिहारमा भएको थियो । उनी 'द इलस्ट्रेटेड वीकली अफ इन्डिया'का सम्पादक थिए र आफ्नो बोल्ड विचारका लागि प्रसिद्ध थिए। उनले फिल्म निर्माणमा पनि आफ्नो छाप छोडे र २४ हिन्दी-अंग्रेजी फिल्महरू बनाए।
नन्दी सन् १९९८ र २००४ को बिचमा महाराष्ट्रबाट राज्यसभामा शिवसेना सांसद पनि थिए। नन्दीले अंग्रेजीमा ४० भन्दा बढी कविताका पुस्तक लेखेका थिए । उनले बंगाली, उर्दू र पञ्जाबीका कविताहरू अंग्रेजीमा अनुवाद गरे।
प्रितिश नन्दीले सन् १९९० को दशकमा दूरदर्शनमा ‘द प्रितिश नन्दी शो’ नामक टक शो होस्ट गरेका थिए। उनले गड्स एन्ड ओलिभ्स पुस्तकबाट कवि र लेखकको रूपमा आफ्नो छाप छोडे।
उनले सन् २००० को सुरुमा आफ्नो ब्यानर प्रितिश नन्दी कम्युनिकेसन्स अन्तर्गत सुर, काँटे, झंकार बीट्स, चमेली, हजारों ख्वाइसें ऐसी, प्यार के साइड इफेक्ट्स जस्ता धेरै फिल्महरू निर्माण गरेका थिए। पछिल्लो पटक निर्माताको हैसियतमा उनले अमेजन प्राइम भिडियोको वेब सिरिज ‘फोर मोर शट्स प्लिज’ र एन्थोलोजी सिरिज ‘मोडर्न लभ मुम्बई’ निर्माण गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण