कमेडियन टिकु तलसानियाको स्वास्थ्यमा सुधार
मुम्बई । चर्चित बलिउड तथा गुजराती सिनेमाका कमेडियन अभिनेता टिकु तलसानियाकी छोरी शिखा तलसानियाले आफ्नो बुवाको स्वास्थ्यको बारेमा अपडेट दिएकी छिन् । शिखाले फ्यानलाई धन्यवाद दिँदै यो समय निकै भावुक भएको तर अहिले बुवाको स्वास्थ्यमा सुधार भइरहेको बताइन् ।
वास्तवमा, टिकु तलसानियालाई शुक्रबार मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो । टिकु तलसानियाकी छोरी शिखाले आफ्नो इन्स्टाग्राम स्टोरीमा बुबाको स्वास्थ्यको अपडेट सेयर गरेकी छिन् ।
उनले लेखेकी छन्, ‘प्रार्थनाका लागि सबैलाई हृदयदेखि धन्यवाद । यो हामी सबैको लागि भावनात्मक समय हो, तर बुबालाई अहिले राम्रो हुँदैछ र उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ भन्न पाउँदा हामी खुसी छौँ। हामी कोकिलाबेन अम्बानी अस्पतालका डाक्टर र कर्मचारीहरूप्रति आभारी छौँ, जसले सम्भव भएसम्म प्रयास गर्नुभयो। साथै, तपाईं सबै प्रशंसकहरूलाई धन्यवाद, जसबाट हामीले धेरै समर्थन र माया पाएका छौँ।’
तलसानियालाई शुक्रबार बिहान गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । सुरुमा उनलाई हृदयाघात भएको खबर आएको थियो । तर, केही समयपछि उनकी श्रीमती दीप्तिले हृदयाघातको खबरलाई अस्वीकार गर्दै उनलाई ब्रेन स्ट्रोक भएको बताएकी छन् ।
तलसानियाले देवदास, जोडी नम्बर वन, शक्तिमान, कुली नम्बर १, राजा हिन्दुस्तानी, जुडवा, प्यार किया तो डरना क्या, राजु चाचा, मेला, अखियों से गोली मारे, हंगामा, ढोल, धमालजस्ता सयौँ फिल्ममा काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण