दीपिकाले अनिल कपुरलाई देख्नेबित्तिकै माफी माग्न थालिन्, आखिर किन ?
सोमबार, १४ जेठ २०७५, ०७ : ५६
अनिल कपूरले गत मे ८ तारिखमा छोरी सोनमको विवाह गरे । विवाहमा बलिउडका लगभग सबैजसो सेलिब्रिटीको उपस्थिती रह्यो । त्यतीबेला करिनाको ड्रेसिङ सेन्सले मानिसहरुको ध्यान आकृष्ट गर्यो भने रणबीर कपुर र आलियाबारे विभिन्न टिका टिप्पणीसमेत गरियो । अनिल कपुरले बलिउडका लगभग सबैलाई सोनमको विवाहमा आमन्त्रण गरेका थिए तर तीमध्ये केही आफ्ना व्यस्तताका कारण उपस्थित हुन सकेनन् । उपस्थित हुन नसक्नेको सूचीमा थिइन्, दीपिका पादुकोण । हालै जब दीपिका र अनिल कपुरबीच भेट भयो तब दीपिकालाई देख्न बित्तिकै अनिलले भने – तिमीलाई धेरै मिस गर्यौं ।
जवाफमा दीपिकाले भनिन्, ‘हो, थाहा छ मलाई । मलाई माफ गरिदिनुस्, म त्यतिबेला कान्समा थिएँ ।’
यद्यपी, सोनमको रिसेप्सनमा दीपिकाका प्रेमी रणबीर सिंहलाई मज्जाले नाचिरहेको देख्न सकिन्थ्यो । सोनम कपुर र रणबीर सिंह आफन्तसमेत पर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण