फिल्ममा हिरो बन्दै बले

काठमाडौँ । हास्य श्रृखला ‘सक्किगो नि’का कलाकार सागर लम्साल ‘बले’ हिरो बन्ने भएका छन् । उनी फिल्म ‘डल्लेले इन्ट्री मार्याे’मा हिरोको रूपमा देखिने भएका हुन् ।
निर्देशक राजु गिरीले उनलाई शुक्रबार फिल्मका लागि अनुबन्धित गरेका हुन् । फिल्ममा उनी डल्ले नामक शीर्ष भूमिकामा देखिने निर्देशक गिरीले बताए । उनले भने, ‘ क्यारेक्टरमा फिट देखेर सागरलाई शीर्ष भूमिकामा लिइएको हो ।’
सागरले ‘लोफर’, ‘हैरान’ लगायतका केही फिल्म सानोतिनो भूमिका र थुप्रै म्युजिक भिडियो अभिनय गरेका छन् । उनी १४ फागुनदेखि प्रदर्शनमा आउने फिल्म ‘लाज शरणम’ पनि देखिनेछन् ।
सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन रहेको फिल्मको छायांकन फागुन अन्तिमदेखि सुरु हुनेछ । सावित्रा चिलुवाल, निर्मता बस्नेत, आशिष र आदर्श बस्नेत निर्माता रहेको फिल्मका अन्य कलाकार तथा प्राविधिक छनौटमा छन् । फिल्म सोसियल कमेडी जनरामा हुने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा
-
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकाल र ‘आइएमएफ’ नेपाल मिसन प्रमुखबीच भेटवार्ता
-
एलन मस्कका बुबा एरोल मस्क भारतमा
-
‘नेपाल चीनसँग नजिक हुँदै गइरहेको छ’: भारतीय कांग्रेस नेता पवन खेडा
-
रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित