बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रेमीका लागि करिनाले बर्बाद गरिदिइन् बबी देओलको करियर ?

सोमबार, १४ जेठ २०७५, ११ : ५३
सोमबार, १४ जेठ २०७५

निर्देशक इम्तियाज अलीको ब्लकबस्टर फिल्म ‘जब वी मेट’ मा करिना र शाहिदको जोडी निकै चर्चामा रह्यो । यद्यपी, फिल्मका निर्माण पक्षको पहिलो रोजाईमा शाहिद नभई  बबी देओल भएको कुरा धेरैलाई थाहा नहुन सक्छ ।  

यसबारे बबी देओल आफैंले एक अन्तर्वार्तामा यसबारे खुलासा गरेका हुन् ।  फिल्मका लागि करिनाले शाहिदको नाम सिफारिस गरेपछि अन्त्यमा शाहिदलाई फिल्ममा अनुबन्ध गराइएको बबीले जानकारी दिए ।

बबी देओलका अनुसार जबदेखि उनले इम्तियाज अलीको फिल्म ‘सोचा ना था’ हेरे तबदेखि उनी इम्तियाज अलीका फ्यान भएका थिए ।

जब उनी फिल्म ‘जब वी मेट’ गर्न चाहन्थे तब उक्त फिल्मको नाम ‘गीत’ थियो । उक्त फिल्मका लागि बबीले इम्तियाज अली र फिल्मको प्रोडक्शन हाउस अष्टविनायकसँग पनि कुराकानी गरेका थिए ।

यद्यपी, प्रोडक्शन हाउसले पछि यसलाई महँगो फिल्म बताउँदै बनाउन नसकिने जानकारी दिए ।  उता करिनाले पनि इम्तियाजलाई भेटिनन् ।

करिब ६ महिनापछि बबीलाई त्यतिबेला झट्का लाग्यो जब उक्त फिल्म ‘जब वी मेट’ को नामबाट सुरु भयो र उनको स्थानमा करिनाका पूर्व प्रेमी साहिद कपुरलाई छानिसकिएको थाहा भयो ।  

बबी देओललाई अझै पनि लाग्छ कि यदि करिनाले उनको करियर बर्बाद नगरेको भए आज उनको स्थान भिन्नै हुन्थ्यो ।

स्मरण रहोस् बबी र करिना फिल्म ‘अजनबी’ (सन् २००१) मा सँगै काम गरिसकेका छन् । यद्यपी, उनीहरुलाई सन् २००५ मा पनि फिल्म ‘दोस्ती’ मा सँगै देखिए तर यसमा उनीहरुलाई जोडीको रुपमा देखाइएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप