बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्जुन रामपालले होस्टेलको कोठामा टाँसिएको मेहेरको फोटो हेरेर श्रीमती बनाउने सोच बनाए, यस्तो थियो ‘लभ स्टोरी’

सोमबार, १४ जेठ २०७५, १२ : २९
सोमबार, १४ जेठ २०७५

बलिउड नायक अर्जुन रामपाल र उनकी श्रीमतीले २० वर्ष पुरानो आफ्नो वैवाहिक सम्बन्धबाट अलग हुने निर्णय गरेका छन् । आज यो जोडीले छुट्टीने निर्णय गरेपनि यी दुईको प्रेम सम्बन्ध निकै सुन्दर रहेको छ ।

अर्जुन रामपालले एक अन्तर्वार्ताको क्रममा पहिलो पटक आफूले र्याम्प वक गर्दा डराएका कारण सँगै र्याम्प वक गरिरहेकी मोडल मेहरको हात समातेको जानकारी दिए । उनले भने, ‘जब मैले करियरको सुरुवात गरें तब मेहरको नाम सफल मोडलको रुपमा चर्चित भइसकेको थियो । ’

अर्जुनका अनुसार होस्टेलमा बस्न जाँदा कोठामा पहिले नै टाँसिएको मेहरको फोटो देखेपछि उनले ‘श्रीमती त यस्तो हुनुपर्छ’ भनेका थिए ।

अर्जुनको चाहना पछि वास्तविकतामा परिणत भयो र उनले होस्टेलको पोस्टर गर्ल अर्थात् सुपरमोडल मेहरसँग विवाह गरे ।

मेहर मिस इन्डिया पनि हुन् । फेमिना मिस इन्डिया बनेपछि मेहरले माडलिङ सुरु गरेकी थिइन् । अर्जुनले सन् १९९८ मा मेहर जेसियासँग विवाह गरेका थिए र उनीहरुका दुई छोरी मायरा र माहिका छन् ।

अर्जुनले मेहरका लागि एक पेन्टहाउस पनि खरिद गरेका थिए । मेहरले यसलाई उनको जीवनको एक भावुक पलमध्येको एक बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप