रोयल च्यालेन्जर्स बैंगलुरु लिभरपुल र म्यानचेस्ट युनाइटेडभन्दा पनि लोकप्रिय
काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरु विश्वकै चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को सर्वाधिक लोकप्रिय टोली बनेको छ । रोयल च्यालेन्जर्स बैंगलुरु लगातार पाँचौँ पटक सर्वाधिक लोकप्रिय आईपीएल टोली बनेको हो ।
सामाजिक सञ्जाल इन्स्टाग्राम, एक्स, युट्युब, ह्वाट्सएप र फेसबुकको विश्लेषणका आधारमा यस्तो निष्कर्ष निकालिएको समाचारमा जनाइएको छ । सामाजिक सञ्जालमा बैगलुरुको फलोअर्सको संख्या चेन्नई सुपर किङ्सका फलोअर्सको संख्याभन्दा २५ प्रतिशत बढी रहेको बताइएको छ ।
सामाजिक सञ्जालमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग सम्बन्धित गतिविधिहरु चर्चित इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल र म्यानचेस्टर युनाइटेडको भन्दा पनि बढी हुने गरेको समाचारमा जनाइएको छ ।
रमाइलो पक्ष के हो भने, रोयल च्यालेन्जर्स बैंगलुरुले हालसम्म आईपीएलको उपाधि हात पार्न सकेको छैन । प्रभावशाली खेलाडी विराट कोहली बैंगलुरुबाटै खेल्छन् । सामाजिक सञ्जालमा लोकप्रियताको विषयमा भने बैंगलुरु निकै अगाडि देखिन्छ ।
सामाजिक सञ्जालमा सर्वाधिक लोकप्रिय क्लब भने स्पेनिस फुटबल क्लब रियल म्याड्रिड हो । यो सूचिमा अर्को स्पेनिस क्लब बार्सिलोना दोस्रो स्थानमा आसीन छ । रोयल च्यालेन्जर्स बैंगलुरु तेस्रो र लिभरपुल चौथो स्थानमा छन् । म्यानचेस्टर युनाइटेड पाँचौँ स्थानमा आसीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण