कर्णालीको पीडा समेटेर रतनले ल्याए ‘जदौ हजुर’
मङ्गलबार, ०८ माघ २०८१, १० : ५८

काठमाडौँ । गाउँ छोड्नेको लर्को, हिरुलाल जस्ता सिर्जनाका सर्जक रतन देवकोटाले नयाँ सिर्जना लिएर आएका छन् । ‘जदौ हजुर’ बोलको गीत मार्फत आएका देवकोटाले कर्णालीको दुखलाई भिन्न तरिकाले प्रस्तुत गरेका छन् ।
कर्णालीको प्रतिनिधित्व गर्ने लय शब्द र पीडा सङै लाईभ म्युजिक र मोडर्न इन्स्टुमेन्टसङ फ्युजन गरी तयार गरेको यो गीतले दर्शकको मन जित्नेमा देवकोटा आशावादी छन् ।
गीतको शब्द, सङ्गीत स्वर र भिडियो निर्देशन देवकोटा स्वयमले गरेका हुन् । सौरभ लामिछानेको डिओपी रहेको भिडियोको सम्पादन र छायाङ्कन सुशील खनालको रहेको छ ।
‘कर्णालीको पीडा, सङ्घर्ष, र आशालाई हुड्केको भाकामा पस्किएको गीत, जहाँ भोक, विभेद, र बसाइसराइका कथा गुथिएका छन्’, गीतको विषयमा रतनले भने ‘यो गीत न्याय, एकता र परिवर्तनको लागि कर्णालीको मौन पुकार हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिनेमाका नायकनायिका, गायकगायिकाजस्तै देश–विदेश भ्रमण गर्दै कविहरू’
-
सरकारले दिएका तालिमले अहिलेसम्म सार्थकता पाउन सकेन : मुख्यमन्त्री लामा
-
चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह
-
पतञ्जलि जग्गा अनियमिततामा माधव नेपालको संलग्नता छैन : घनश्याम भुसाल
-
हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यक छ : सञ्चारमन्त्री गुरुङ
-
पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो