कर्णालीको पीडा समेटेर रतनले ल्याए ‘जदौ हजुर’
मङ्गलबार, ०८ माघ २०८१, १० : ५८
काठमाडौँ । गाउँ छोड्नेको लर्को, हिरुलाल जस्ता सिर्जनाका सर्जक रतन देवकोटाले नयाँ सिर्जना लिएर आएका छन् । ‘जदौ हजुर’ बोलको गीत मार्फत आएका देवकोटाले कर्णालीको दुखलाई भिन्न तरिकाले प्रस्तुत गरेका छन् ।
कर्णालीको प्रतिनिधित्व गर्ने लय शब्द र पीडा सङै लाईभ म्युजिक र मोडर्न इन्स्टुमेन्टसङ फ्युजन गरी तयार गरेको यो गीतले दर्शकको मन जित्नेमा देवकोटा आशावादी छन् ।
गीतको शब्द, सङ्गीत स्वर र भिडियो निर्देशन देवकोटा स्वयमले गरेका हुन् । सौरभ लामिछानेको डिओपी रहेको भिडियोको सम्पादन र छायाङ्कन सुशील खनालको रहेको छ ।
‘कर्णालीको पीडा, सङ्घर्ष, र आशालाई हुड्केको भाकामा पस्किएको गीत, जहाँ भोक, विभेद, र बसाइसराइका कथा गुथिएका छन्’, गीतको विषयमा रतनले भने ‘यो गीत न्याय, एकता र परिवर्तनको लागि कर्णालीको मौन पुकार हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण