‘माया प्रीति’बाट फिल्ममा फर्किँदै अभिनेत्री निशा
काठमाडौँ । सन् २०१७ मा प्रदर्शनमा आएको फिल्म ‘झ्यानाकुटी’ हराएकी अभिनेत्री तथा निर्मात्री निशा अधिकारी ८ वर्षपछि फिल्म निर्माणमा फर्किने भएकी छन् । उनी कार्यकारी निर्माताको रूपमा आबद्ध फिल्म ‘माया प्रीति’को शुक्रबार निर्माण घोषणा भयो ।
फिल्म अवि श्रेष्ठले निर्देशन गर्दैछन् । फिल्ममा सन्तोष कुमार कार्की पनि निर्माताको रूपमा रहेका छन् ।
फिल्मको विषयमा निशाले फेसबुकमा लेखेकी छन्, ‘म कार्यकारी निर्माताको रूपमा ‘माया प्रीति’बाट पूरै नयाँ भूमिकामा सिल्भर स्क्रिनमा पुनरागमनको घोषणा गर्न पाउँदा उत्साहित छु । यो जादुयी र अविश्वसनीय यात्रा साझेदारी गर्न अधैर्य छु ।’
रोमान्टिक–कमेडी जनरामा निर्माण हुन लागेको फिल्ममा उनी अभिनय गर्ने नगर्ने केही बताएकी छन् । ‘माया प्रीति’ वन टू थ्री स्टुडियोज्को ब्यानरमा बन्न लागेको हो ।
निर्देशक अवि श्रेष्ठका अनुसार यो नयाँ युगको प्रेम कथा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण