‘माया प्रीति’बाट फिल्ममा फर्किँदै अभिनेत्री निशा

काठमाडौँ । सन् २०१७ मा प्रदर्शनमा आएको फिल्म ‘झ्यानाकुटी’ हराएकी अभिनेत्री तथा निर्मात्री निशा अधिकारी ८ वर्षपछि फिल्म निर्माणमा फर्किने भएकी छन् । उनी कार्यकारी निर्माताको रूपमा आबद्ध फिल्म ‘माया प्रीति’को शुक्रबार निर्माण घोषणा भयो ।
फिल्म अवि श्रेष्ठले निर्देशन गर्दैछन् । फिल्ममा सन्तोष कुमार कार्की पनि निर्माताको रूपमा रहेका छन् ।
फिल्मको विषयमा निशाले फेसबुकमा लेखेकी छन्, ‘म कार्यकारी निर्माताको रूपमा ‘माया प्रीति’बाट पूरै नयाँ भूमिकामा सिल्भर स्क्रिनमा पुनरागमनको घोषणा गर्न पाउँदा उत्साहित छु । यो जादुयी र अविश्वसनीय यात्रा साझेदारी गर्न अधैर्य छु ।’
रोमान्टिक–कमेडी जनरामा निर्माण हुन लागेको फिल्ममा उनी अभिनय गर्ने नगर्ने केही बताएकी छन् । ‘माया प्रीति’ वन टू थ्री स्टुडियोज्को ब्यानरमा बन्न लागेको हो ।
निर्देशक अवि श्रेष्ठका अनुसार यो नयाँ युगको प्रेम कथा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत सुत्केरीको सङ्ख्या बढाउन नगरपालिकाको ‘कोसेली’
-
९७ वर्षमा लालुदेवीले पाइन् नागरिकता
-
भारतले कच्चा तेलमा भन्सार शुल्क घटायो, नेपालमा कस्तो पर्ला असर ?
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति