बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्पतालमा छोडेर भागेका छोरालाई सम्झेरै प्राण त्याग गरेकी नायिका गीताकी छोरीले गोप्य रुपमा गरिन् अन्तिम संस्कार

मङ्गलबार, १५ जेठ २०७५, ११ : ०१
मङ्गलबार, १५ जेठ २०७५

‘पाकिजा’ समेत सयभन्दा बढि हिन्दी सिनेमामा काम गरिसकेकी नायिका गीता कपुरको आइतबार अन्तिम संस्कार गरिएको छ । गीता कपुरलाई एक वर्ष अघि उनका छोरा राजा कपुरले अस्पतालमा छोडेर भागेका थिए । उनी मृत्यु हुनेबेला सम्म छोरालाई नै सम्झिरहेको बताइन्छ ।

भारतीय मिडियाका अनुसार अन्तिम अवस्थामा उनको हेरबिचार गरिरहेकाले सोमबारसम्म गीताको छोरालाई प्रतिक्षा गर्ने सोच बनाएका थिए । तर आइतबार उनकी छोरीले आमाको शव लगेर गोप्य रुपमा अन्तिम संस्कार गरेको बताइएको छ ।

गीताको अन्तिम अवस्थामा हेरबिचार गर्ने अशोक पन्डितले ट्वीटरमा यसबारे जानकारी दिएका हुन् । उनले भने, ‘गीता कपुरकी छोरी आराध्या उनको शव दाबी गर्न आएकी छिन् । उनका अनुसार उनी एयर होस्टेस हुन् । उनी जुन प्राइभेट एयरलाइनमा काम गर्छिन्, त्यसको विमान महाराष्ट्रका सीएमले प्रयोग गर्छन् । ’

उनले थपे, ‘हामीले आराध्यासँग अन्तिम संस्कार बारे फिल्मी उद्योगका मानिसहरु, ओल्ड एज होमका डाक्टर र सिस्टर्सलाई जानकारी दिन आग्रह गरेका थियौं किनभने हामी उनको अन्तिम यात्रामा समावेश हुन चाहन्थ्यौं । तर आराध्याले अस्विकार गरिदिइन् । दुःखद ।’

अशोक पण्डितले आराध्यालाई ‘यत्तिका दिनसम्म किन सार्वजनिक भइनौं ? आमाको हेरबिचार किन नगरेको’ भन्ने प्रश्न सोध्दा उनले निकै अचम्मको उत्तर दिएको उनले बताए ।

अशोक भन्छन्, ‘मैले आराध्यालाई आमाबारे प्रश्न सोध्दा आफूलाई आमाको स्थितीबारे केही पनि थाहा नभएको जानकारी दिइन् । आमा ओल्ड एज होममा भएको उनलाई थाहा थिएन रे ।’

‘उनको उक्त जवाफमा हामी चुप लाग्यौं किनभने हामीलाई थाहा थियो कि आराध्याले झुटो बोलिरहेकी छिन् । के कुनै सन्तानले आफ्नी वृद्ध आमा एक वर्षसम्म कस्तो हालतमा छिन् भन्ने बारे जानकारी लिन खोज्दैन ?’

अस्पतालमा छोडेर भागेका थिए छोराः

गत वर्ष अप्रिल २१ तारिखमा कम रक्तचापको समस्यापछि गीता कपुरका छोरा राजाले मुम्बईस्थित एक प्राइभेट अस्पतालमा आमालाई भर्ना गरेका थिए र त्यसपछि छोडेर भागे । त्यसपछि उनी एक वर्षपछि आमाको मृत्यु हुँदासमेत फिर्ता भएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप