न्यूजिल्याण्डमा पहाडलाई पनि मान्छेलाई जस्तै कानुनी अधिकार
वेलिङटन । न्यूजिल्याण्डमा एउटा पहाडले मान्छेकै जस्तो कानुनी अधिकार पाएको छ । वर्षौसम्मको छलफलपछि बनेको कानुनले पहाडलाई त्यो मान्यता दिएको हो । अर्थात् अब तारानाकी माउन्गा आफैँ आफ्नो मालिक भएको छ । यसको व्यवस्थापन गर्न स्थानीय इवी जनजाति सरकारका प्रतिनिधिहरूले मिलेर काम गर्नेछन् ।
साम्राज्यवादको समयमा तारानाकी क्षेत्रका माओरीमाथि भएको अन्यायको क्षतिपूर्तिस्वरुप यो सहमति गरिएको हो । विगतमा भएको गलत बामले गराएको पीडा स्वीकरा गर्नै पर्छ भनेर वार्ताका लागि जिम्मेवार सरकारका मन्त्री पल गोल्डस्मिथले भने । बिहीबार न्यूजिल्यान्डको संसदमा तारानाकी माउन्गा कलेक्टिभ रिड्रेस विधेयक पारित भएको छ ।
यसले पहाडलाई कानुनी नाम दिएको छ भने यसको आसपास रहेका शिखर र जमिनको पनि सुरक्षा गर्नेछ । विधेयक कानुन बनेको हेर्न सयौँ माओरी बिहीबार संसद् बाहिर जम्मा भएका थिए । यसअघि उक्त पहाड इग्मन्टको नामबाट चिनिन्थ्यो । यो नाम बेलायती अन्वेषक जेम्स कूकले १८ औँ शताब्दीमा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण