सेती राजमार्गअन्तर्गत बौनियाँ–टीकापुर खण्ड निर्माण सुरु
घोडाघोडी । सुदूरपश्चिम प्रदेशमा गौरवको आयोजनाका रूपमा रहेको सेती राजमार्गअन्तर्गत कैलालीको बौनियाँ–टीकापुर खण्ड निर्माण सुरु गरिएको छ । बौनियाँ बजारबाट साढे चार किलोमिटर दक्षिणतर्फ ‘कङ्क्रिट वाल’, नाली तथा सडक भरानको काम आजदेखि सुरु भएको हो ।
चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्नेगरी रु छ करोड १५ लाख लागतमा निर्माण सुरु भएको हो । एक हजार एक सय मिटर पक्की नाला, सडकको दुवैपट्टि दुई हजार मिटर कङ्क्रिट वाल र १६ मिटर चौडाइको साढे चार किमी सडक भरानको काम हुने बौनियाँ–टीकापुर सडक निर्माण आयोजना कार्यालयले जनाएको छ ।
आज यहाँ सडक निर्माणको शुभारम्भ गर्दै बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले सम्झौता अवधिभित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । ‘सेती राजमार्ग निर्माण लामो समयदेखि ढिला भइरहेको छ, यसलाई यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनी लाग्नुपर्छ, स्थानीय तह आवश्यक समन्वय र सहकार्य गर्न तयार छ’, उनले भने ।
अध्यक्षले राजमार्गअन्तर्गत पर्ने बर्दगोरिया गाउँपालिकाको क्षेत्रमा एउटा पक्की पुल सम्पन्न भइसकेको भन्दै अर्को पुल केही महिनामा सम्पन्न हुने जानकारी दिए । ‘सेती राजमार्गमा सुविधासम्पन्न सडक बन्नु भनेको सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खुल्नु हो । त्यसैले पनि हामीले सबै समयमा काम सम्पन्न गर्नरगराउन समन्वय गर्नुपर्दछ’, उनले भने ।
यही खण्डअन्तर्गत दुर्गौली–प्रतापपुर १० किमी सडक कालोपत्रको काम पनि भइरहेको अध्यक्ष कुँवरले बताए । कैलाली खण्डको मोहन्याल गाउँपालिका क्षेत्रमा तीन किमी सडक मात्र ट्रयाक खोल्न बाँकी रहेको भन्दै उक्त ट्रयाक खुलेमा टीकापुर–खिमडी–ठुलीगाड सिधा यातायात सम्पर्कमा जोडिने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण