भारतमा १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने
नयाँ दिल्ली । भारतकी केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार लोकसभामा बजेट २०२५ प्रस्तुत गरेकी छन् । उनले नयाँ कर प्रणालीमा १२ लाख भारतीय रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने बताइन् ।
अर्थात् अब रु ७५ हजारको स्ट्यान्डर्ड डिडक्सनसँगै तलब पाउने वर्गको १२ लाख ७५ हजार आम्दानी करमुक्त हुनेछन् ।
- २०१४ मा २.५ लाख कर मुक्त
- २०१९ मा ५ लाख करमुक्त
- २०२३ मा ७ लाख करमुक्त
- २०२२५ मा १२ लाख फ्री ट्याक्सी
यसको मतलब सबै प्रकारका आयकर दाताहरूले कर स्ल्याबमा लाभहरू पाएका छन्।
उनले जीवनरक्षक औषधिको मूल्य घट्ने बताइन् । क्यान्सरजस्ता गम्भीर रोगको औषधिको मूल्य घटाउन भन्सार महसुल घटाइएको हो । ६ वटा जीवन बचाउने औषधि र ३६ वटा क्यान्सरको औषधिलाई करमुक्त गरिएको छ ।
उनले भन्सारबाट ७ वटा महसुल हटाउने जानकारी दिइन् । नि:शुल्क औषधि अन्तर्गत ५७ औषधि समावेश गरिनेछ ।
यसअघि बजेट भाषणको सुरुवातमा अर्थमन्त्रीले भनिन्, ‘हाम्रो अर्थतन्त्र सबै ठुला अर्थतन्त्रमध्ये सबैभन्दा तीव्र गतिमा वृद्धि हुने अर्थतन्त्र हो । विगत दश वर्षमा हाम्रो विकास कार्य र संरचनात्मक सुधारहरूको ट्र्याक रेकर्डले विश्वव्यापी रूपमा ध्यान आकर्षित गरेको छ।’
यो प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट हो, जहाँ निर्मला सीतारमणले लगातार आठौँ बजेट प्रस्तुत गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण