माघ २४ गतेदेखि क्यान इन्फोटेक हुने
काठमाडौँ । क्यान इन्फोटेकको ३०औँ संस्करण माघ २४ गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी माघ २४ गतेदेखि २८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ३० औँ संस्करणको क्यान इन्फोटेक आयोजना गर्न लागेको जनाएको हो ।
क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरूको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्रविलास भूर्तेलले जानकारी दिए ।
नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने उनले बताए ।
क्यान इन्फोटेकमा करिब १५० स्टल रहने र करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गर्ने अनुमान गरिएको क्यानले जनाएको छ । क्यान इन्फोटेकको ३०औँ संस्करणमा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको आयोजकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण