अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति गरेका कुराहरू पर्याप्त छैन : अर्थमन्त्री
रुपन्देही। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकको महत्वप्रति सचेत रहेको बताएका छन् । सोमबार रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र रुपन्देहीको दिवा सेवाको लागि अत्याधुनिक भवनको शिलान्यास गर्दै पौडेलले सरकार ज्येष्ठ नागरिकप्रति, ज्येष्ठ नागरिकको महत्वप्रति सचेत रहेको बताएका हुन् ।
उनले अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति गरेका कुराहरू पर्याप्त नरहेको र अझै धेरै गर्न चाहेको बताए । सोचेर मात्रै नहुने भन्दै त्यसलाई पूरा गर्न परिस्थितिले साथ दिनुपर्ने उनको भनाई थियो । उनले ज्येष्ठ नागरिकको आशीर्वादले देश विकासमा अघि बढ्ने प्रतिबद्धता जनाए।
उपप्रधानमन्त्री पौडेलले भने, ‘अहिलेको यो सरकार ज्येष्ठ नागरिकप्रति, ज्येष्ठ नागरिकको महत्वप्रति एउटा सचेत सरकार हो । अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति जे गरेका छौँ, त्यो पर्याप्त छैन । हामी अझ धेरै गर्न चाहन्छौँ । मैले यहाँ आएर हेरिरहँदा यसो गर्न पाए हुन्थ्यो, त्यसो गर्न पाए हुन्थ्यो भनेर धेरै कुरा मनमा खेले । सोचेका सबै पूरा हुँदैनन् । सोच्न धेरै कुरा सोचिन्छ, गर्नका निम्ति परिस्थितिले साथ दिनुपर्छ । गर्दै जानुपर्छ । सोचेको ठाउँमा पुग्नुपर्छ । हामी तपाईँहरूको आशीर्वाद पाएर, तपाईँको अमूल्य मत पाएर सर्वोच्च जनप्रतिनिधि संस्था, संसद्मा पुगेका राजनीतिकर्मीहरूले यहाँहरूको सेवामा आजीवन समर्पित हुनुपर्छ । सरकारमा रहँदा होस्, नरहँदा होस् । निर्णय गर्न पाउने बेलामा होस्, निर्णय गर्नका निम्ति दबाब दिने बेलामा होस् । हर कुनै बेलामा यहाँहरूको पक्षमा दृढतापूर्वक उभिनुपर्छ भन्ने अनुभूति मनमा अमिट रूपमा म आफैँले पनि साँचेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण