विरोध
मुक्कुमलुङ अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
सोमबार, २१ माघ २०८१, १४ : ३९
१
काठमाडौँ । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरुद्धमा काठमाडौँमा पनि विरोध प्रदर्शन गरिएको छ । मुक्कुमलुङ ताड्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले सोमबार मुक्कुमलुङ अतिक्रमणविरुद्ध माइतीघरमा प्रदर्शन गरेका हुन् ।
फुङलिङ–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २ दशमलव ७ किमी केबलकार निर्माण भइरहेको छ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ ।
आन्दोलनरत पक्षले पाथीभरा मुक्कुमलुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यथावत् राख्नुपर्ने माग गर्दै आएका छन् । माइतीघरमा विरोध प्रदर्शन गर्दै उनीहरुले गृहमन्त्रीको राजीनामा माग गर्नुका साथै मुक्कुमलुङबाट सशस्त्र प्रहरी फिर्ता लिन माग गरेका छन् ।
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण