के करन जोहर डिजाइनर मनिष मल्होत्रासँग सम्बन्धमा छन् ?
बलिउड फिल्म निर्माता करन जोहर र भारतीय डिजाइनर मनिष मल्होत्राबीचको सम्बन्धले पुनः एकपटक चर्चा पाएको छ । मनिषले करनको जन्मदिनमा शुभकामना दिएपछि यी दुईबीचको सम्बन्धबारे भारतीय मिडियामा चर्चा आउन थालेको हो ।
भारतीय मिडियाले मनिषले करनसँगको सम्बन्ध स्विकारेकोसमेत बताएका छन् । कुरा के हो भने, मे २५ तारिखमा करन जोहरको जन्मदिनमा मनिषले एउटा फोटो पोष्ट गरेका थिए ।
फोटोको क्याप्सनमा उनले लेखे, ‘जन्मदिनको धेरैभन्दा धेरै शुभकामना मेरा निकै नजिकका साथी करन जोहर । आगामी वर्षहरु निकै राम्रोसँग बितोस् ! २५ वर्ष लामो मित्रता र सहकार्य... र अझै थप आउन बाँकी । तिमीले आगामी दिनमा निकै राम्रा चलचित्र बनाउँदै गर्नु र अहिले जती उत्साहित छौं त्यस्तै रहनू ।’
उक्त पोष्टमा एक प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन्, ‘तपाईंहरु निकै राम्रो जोडी हुनुहुन्छ ।’ जसमा मनिषले लाइक गरेका छन् ।
ती प्रयोगर्ताको उक्त कमेन्टमा मनिषले लाइक गरेपछि यसबारे चर्चा चुलिएको हो । मनिषले यस्तो गर्नुको अर्थ, दुईजनाको सम्बन्ध स्विकार गरेको भारतीय मिडियाले बताएका छन् ।
यसैबीच करनले उक्त पोष्टको जवाफमा लेखेका छन्, ‘मनिष, आई लभ यु सो मच ! हाम्रो सम्बन्धको थुप्रै दशक ।’ यस्तै मनिषले कमेन्टमा लेख्छन्, ‘जन्मदिनको लाखौं शुभकामना । हो, थुप्रै वर्ष आउन बाँकी नै छन् । एनवाईसीमा रमाइलो गर र मलाई त्यहाँ मिस गर ।’
सोसल मिडियामा भएको यो कुराकानीपश्चात्, दुबैको सम्बन्धमाथि पुष्टि भएको मानिएको छ ।
यद्यपी, इन्डिया टाइम्ससँगको कुराकानीमा मनिषले उक्त खबरबारे आपत्ति जनाउँदै करन आफ्नो भाइजस्तो भएको बताएका छन् । उनले भने, ‘करन मेरो भाइजस्ता हुन् । यस्तो समाचार आउनु हास्यास्पद ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण