रियलले भित्र्याउन खोजेका डेभिसले गरे बायर्नसँग नयाँ करार
बुधबार, २३ माघ २०८१, १५ : ३५
म्युनिख । बायर्न म्युनिखका डिफेन्डर अल्फोन्सो डेभिसले क्लबसँग नयाँ करार सम्झौतामा हस्ताक्षर गरेका छन् । योसँगै उनी रियल मड्रिड जाने चर्चामा पूर्णविराम लागेको छ ।
मंगलबार बायर्नले २४ वर्षीय डेभिसले क्लबसँग सन् २०३० को जुनसम्म रहने गरी पाँच वर्षको नयाँ करार गरेको जानकारी दिएको हो । क्यानडाका खेलाडीको पछिल्लो करार जुनमा समाप्त हुँदै थियो । उनी त्यसपछि फ्री–एजेन्टका रूपमा रियल जाने चर्चा चलेको थियो ।
उनी सन् २०१९ को जनवरीमा भ्यानकुभर ह्वाइट क्याप्सबाट बायर्नमा अनुबन्ध भएका थिए । उनले क्लबसँग ५ वटा बुन्डेस लिगा र एक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
यो सिजन उनले सबै प्रतियोगितामा २५ खेल खेल्दै १ गोल र ३ एसिस्ट गरेका छन् । बायर्न हाल लिगको शीर्ष स्थानमा आसीन छ । टोली साबिक विजेता बायर लेभरकुजनभन्दा ६ अंकले अघि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण