१ करोड ७० लाख डलर धोकाधडी कान्डमा बेसबल स्टार ओहतानीका अनुवादक जेल चलान
वासिङटन डीसी । लस एञ्जलस डजर्सका बेसबल स्टार शोहेई ओहतानीका पूर्व अनुवादकलाई झन्डै ५ वर्षको जेल सजाय सुनाइएको छ । धोकाधडी र जुवा कान्डमा इप्पेई मिजुहारालाई उक्त सजाय दिइएको हो ।
अदालतले मिजुहारालाई उनले ओहतानीबाट चोरेको झन्डै १ करोड ७० लाख डलर फिर्ता गर्न र कर राफसाफका लागि अमेरिकाको आन्तरिक राजस्व कार्यालयलाई १० लाख डलर बुझाउन आदेश दिइएको छ ।
ओहतानीले २०१८ मा यूएस मेजर लिग बेसबल (एमएलबी)मा डेब्यू गरेदेखि नै मिजुहारा ओहतानीको अंग्रेजी अनुवादक थिए । गएको वर्ष उनको जुवाको लतबारे खुलासा भएपछि उनलाई बर्खास्त गरिएको थियो ।
त्यसपछि ओहतानीको पैसाको छानबिन भयो । यस क्रममा जुवामा हारेको पैसा चुक्ता गर्न मिजुहाराले ओहतानीको १ करोड ७० लाख डलर अपचलन गरेको खुलासा भयो ।
आफ्नो काम ढाकछोप गर्न मिजुहाराले कर रेकर्डमा पनि हेरफेर गरेका थिए । बैंक र कर ठगीमा मिजुहारा दोषी पाइएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण