खल्लो भयो टेस्ट क्रिकेटबाट दिमुथ करुणारत्नेको सन्न्यास
काठमाडौँ । टेस्ट क्रिकेटबाट श्रीलंकाली टोलीका प्रभावशाली खेलाडी दिमुथ करुणारत्नेको विदाइ खल्लो बनेको छ । अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट क्रिकेटको समाप्तिसँगै ३६ वर्षीय ओपनर ब्याट्सम्यान करुणारत्नेले सन्न्यास लिएका हुन् ।
घरेलु मैदानमा खेलिएको दोस्रो टेस्टमा पनि श्रीलंकाली टोली नौ विकेटले पराजित भयो । उक्त हारसँगै श्रीलंकाले दुई टेस्टको शृंखला २–० ले नै गुमाएको हो । त्यसअघि खेलिएको पहिलो टेस्टमा पनि श्रीलंकाली टोली एक पाली र दुई सय ४२ रनले पराजित भएको थियो ।
प्रभावशाली ब्याट्सम्यान करुणारत्नेको यो अन्तिम टेस्ट थियो । त्यसैले घरेलु मैदानमा उनको विदाइ केही खल्लो बन्यो । उनले आफ्नो अन्तिम टेस्टको पहिलो पालीमा ३६ र दोस्रो पालीमा १४ रन बनाए । यद्दपि, श्रीलंकाली क्रिकेटमा उनको योगदान महत्वपूर्ण रहेको छ ।
श्रीलंकाली टोलीको थुप्रै उपलब्धिमा उनको योगदान महत्वपूर्ण छ । टेस्ट क्रिकेटमा उनलाई अन्तिम पटक आउट गर्ने बलर म्याथ्यू कुहेनम्यान हुन् । उनले करुणारत्नेलाई विकेटकिपर एलेक्स केरीद्वारा क्याच गराएका थिए । करुणारत्नेले एक सय टेस्ट खेलेर सन्न्यास लिएका हुन् । उनले एक सय टेस्टको एक सय ९१ पालीमा कुल सात हजार दुई सय २२ रन बनाएका छन् । यस क्रममा उनले १६ शतक र ३९ वटा अर्धशतक पनि प्रहार गरेका छन् ।
टेस्ट क्रिकेटमा उनको उच्च स्कोर भने दुई सय ४४ रन हो । यसका अतिरिक्त उनले टेस्ट क्रिकेटमा दुई विकेट पनि लिएका छन् । उनको अन्तिम खेलमा अस्ट्रेलियन खेलाडीहरुले पनि ताली बजाएर उनप्रति सम्मान व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण