युद्ध विराम सम्झौता: गाजाबाट फर्किन थाले इजरायली सेना
तेल अभिभ । गाजको करिडोरबाट इजरायली सेना फर्किन थालेको छ । सेना फिर्ती प्यालेष्टिनी सशस्त्र समूह हमाससँग भएको युद्ध विराम सम्झौताको मुख्य बुँदा हो । गाजा जाने प्रमुख कोरिडोरबाट आफ्ना सेनालाई फर्काउन थालिएका एक इजरायली अधिकारीले आइतबार बताएका हुन् ।
सम्झौतामा उत्तरी गाजालाई दक्षिणबाट छुट्याउने नेत्जारिम करिडोरबाट आफ्ना सेनाहरू फिर्काउन इजरायल तयार भएको थियो । युद्धविरामको सुरुवातमा, इजरायलले प्यालेस्टिनीहरूलाई युद्धग्रस्त उत्तरमा आफ्नो घर फर्कन नेत्जारिम पार गर्न अनुमति दिन थालेको थियो । यस क्षेत्रबाट सेना फिर्ता हुनुले सम्झौताको अर्काे प्रतिबद्धता पूरा गर्नेछ । आइतबार इजरायलले कति सेनालाई फिर्ता बोलायो भन्ने कुरा स्पष्ट भइसकेको छैन ।
४२ दिने युद्ध विरामले भर्खरै आधा बिन्दु पार गरेको छ । हमासले कब्जामा राखेका थप इजरायली बन्धकहरूलाई रिहा गर्न दुवै पक्षले सम्झौताको अर्को चरण लागू गर्न थप छलफल गर्नु पर्नेछ । तर सम्झौता कमजोर छ र यो अझ अगाडि बढ्ने ग्यारेन्टी छैन । दुवै पक्षले युद्धविरामको दोस्रो चरण लागू गर्न वार्ता गरिरहेका छन् । तर यसमा अहिले थोरै मात्र प्रगति भएको देखिन्छ ।
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले दुई पक्षबिचको वार्तामा प्रमुख मध्यस्थकर्ता रहेको कतारमा एक प्रतिनिधिमण्डल पठाउँदै थिए । तर यो मिसनमा तल्लो तहका अधिकारीहरूलाई पठाइएकोले युद्ध विरामलाई अगाडि बढाउनेतर्फ कुनै सफलता नमिल्ने अनुमान गरिएको थियो । सम्झौताको दोस्रो चरणमा नेतन्याहूले यसै हप्ता प्रमुख क्याबिनेट मन्त्रीहरूको बैठक बोलाउने अपेक्षा गरिएको छ । तर त्यो कहिले हुनेछ भन्ने पनि स्पष्ट छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण