नापोलीलाई उछिन्ने विन्दुमा इन्टर मिलान
मङ्गलबार, २९ माघ २०८१, ०६ : ०६
काठमाडौं । एटालियन सिरी’एमा इन्टर मिलान शीर्ष स्थानको नापोलीलाई उछिन्ने विन्दुमा पुगेको छ । सोमबार राती भएको खेलमा फायोरेंटिनालाई २-१ ले हराउँदै इन्टरले शीर्ष स्थानको नापोलीसँग अंक दुरी कम गरेको छ ।
पहिलो गोल आत्मघाती उपहार पाएको इन्टरका लागि मार्को अर्नौटोभिकले निर्णायक गोल गरे । २८ औं मिनेटमा मरिन पोंग्रासिकले आत्मघाती गोल गरेपछि दबाबमा आएको फायोरेंटिनाका रोलेन्डो मन्द्रागोराले पहिलो हाफअघि एक गोल गरे । त्यसपछि भने पाहुना टोलीबाट गोल हुन सकेन ।
जितसँगै इन्टरले शीर्ष स्थानको नापोलीसँग अंक दुरी जम्मा एक अंकमा झारेको छ । गोल अन्तरमा नापोली भन्दामाथि रहेको इन्टरले समान खेलबाट ५४ अंक बटुल्दा शीर्ष स्थानको नापोलीको ५५ अंक छ । तेस्रो स्थानको एटलान्टाको भने ५० अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण