क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई विभाजन गर्नेगरी सरकारले ल्याएको विधेयकको विपक्षमा नेपाल लोकतान्त्रिक कर्मचारी संघ उभिएको छ । संघले मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई भेटेर विधेयकबारे ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष गणेश भुसालको नेतृत्वमा गएको टोलीले मन्त्री पाण्डेलाई उक्त ज्ञापनपत्र बुझाएको हो ।
सरोकारवाला, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियन र पेसागत संघ संगठनसँग कुनै छलफल नगरी विधेयक ल्याइएको भन्दै अन्य विकल्प हुँदाहुँदै अमुक संस्थाले दिएको प्रतिवेदनको सुझावलाई सैद्धान्तिक आधार दिई विधेयक दर्ता गरिएको आरोप लगाइएको छ ।
यो विधेयकले नागरिक उड्डयन क्षेत्रमा स्वार्थ समूहको वर्चस्व हुने र प्राधिकरणको समग्र हितभन्दा अझ धराशायी बनाउने उद्देश्यले रहेको भन्दै यसलाई तत्काल फिर्ता लिन माग गरिएको छ । यो विधेयक प्राधिकरणका समग्र कर्मचारी र संस्थाको हित विपरीत रहेको भन्दै विधेयक अघि बढेमा चरणबद्ध आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी संघले दिएको छ । भोलिका दिनमा सम्पूर्ण नेपाली आकाश ठप्प हुनसक्ने चेतावनी समेत संघले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?
-
सरकारसँगको सहमतिप्रति स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको आपत्ति
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखलाई घाटा