क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई विभाजन गर्नेगरी सरकारले ल्याएको विधेयकको विपक्षमा नेपाल लोकतान्त्रिक कर्मचारी संघ उभिएको छ । संघले मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई भेटेर विधेयकबारे ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष गणेश भुसालको नेतृत्वमा गएको टोलीले मन्त्री पाण्डेलाई उक्त ज्ञापनपत्र बुझाएको हो ।
सरोकारवाला, आम कर्मचारी, प्राधिकरणमा क्रियाशील ट्रेड युनियन र पेसागत संघ संगठनसँग कुनै छलफल नगरी विधेयक ल्याइएको भन्दै अन्य विकल्प हुँदाहुँदै अमुक संस्थाले दिएको प्रतिवेदनको सुझावलाई सैद्धान्तिक आधार दिई विधेयक दर्ता गरिएको आरोप लगाइएको छ ।
यो विधेयकले नागरिक उड्डयन क्षेत्रमा स्वार्थ समूहको वर्चस्व हुने र प्राधिकरणको समग्र हितभन्दा अझ धराशायी बनाउने उद्देश्यले रहेको भन्दै यसलाई तत्काल फिर्ता लिन माग गरिएको छ । यो विधेयक प्राधिकरणका समग्र कर्मचारी र संस्थाको हित विपरीत रहेको भन्दै विधेयक अघि बढेमा चरणबद्ध आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी संघले दिएको छ । भोलिका दिनमा सम्पूर्ण नेपाली आकाश ठप्प हुनसक्ने चेतावनी समेत संघले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण