एक्सेल्सियर र भ्याली भ्यू सेमिफाइनलमा
काठमाडौँ । आयोजक द एक्सेल्सियर स्कुल र भ्याली भ्यु राजधानीमा जारी ‘११औँ एक्सेल्सियर कप’ अन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
स्वयम्भूस्थित आयोजक विद्यालयको कोर्टमा खेलिएको खेलमा एक्सेल्सियरले होली भिजनलाई ३८–२३ अंकले पराजित गर्यो । एक्सेल्सियरका सोङमेन तामाङले १९ अंक जोडे । भ्याली भ्युले ह्वाइटफिल्डलाई ४२–१३ अंकले सहजै हरायो । भ्याली भ्युका गणेशबहादुर विष्टले १३ स्कोर गरे ।
सिनियर ब्वाइजमै एलआरआईले निःसर्ग वाटिकालाई ४९–२७ र रेडियन्ट पब्लिकले स्वर्णिमलाई ४५–१६ अंकले पाखा लगाए । एलआरआईका रुची श्रेष्ठले १९ अंक र रेडियन्ट पब्लिकका रविन्द्र खत्रीले १५ अंक जोडेका थिए ।
सिनियर गल्र्सको क्वार्टरफाइनल खेल बुधबार हुनेछ । क्वार्टरफाइनलमा रेडियन्ट पब्लिकले ल्यान्डमार्क एकेडेमीसँग, रिब्सले एलआरआईसँग, स्वर्णिमले ग्यालेक्सी पब्लिकसँग र एक्सेल्सियरले चाँदबागसँग भिडन्त गर्नेछन् ।
यसैगरी, एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यू–९ उमेरसमूमा सेमिफाइनल समीकरण पुरा भएको छ । सेमिफाइनलमा एक्सेल्सियर र संस्कृति तथा राई स्कुल र काभ्या भिड्ने छन् । फुटबलकै यू–११ उमेर समूहमा एक्सेल्सियर ‘नीलो’, भ्याली भ्यू, काभ्या, न्यू जेनिथ, द चाँदबाग, राई स्कुल, स्वस्तिश्री गुरुकुल र जोन डेवी क्वार्टरफाइनलमा पुगे ।
फुटबलकै यू–१४ मा एक्सेल्सियर ‘रातो’ र ‘नीलो’, इम्पेरियल, विद्यावाणी पाठशाला, मेगस, जोन डेवी, काठमाडौं लिङकन स्कुल तथा बोधीसत्वले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । यु–१६ मा निःसर्ग वाटिका, रेडियन्ट पब्लिक, ग्यालेक्सी पब्लिक, रिब्स, न्यु एरा, स्वस्तिश्री गुरुकुल, एक्सेल्सियर ‘हरियो’ र बोधीसत्वले क्वार्टरफाइनल यात्रा तय गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण