राष्ट्रिय कायाक स्लालम प्रतियोगितामा चितवनका प्रितमले जिते स्वर्ण
काठमाडौँ । नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघको आयोजनामा १३औँ राष्ट्रिय कायाक स्लालम प्रतियोगिता सम्पन्न भएको छ । चितवनको फिस्लिङस्थित त्रिसुली नदीमा आयोजना भएको प्रतियोगितामा चितवनका प्रितम गुरुङले स्वर्ण पदक जिते ।
प्रितमले १२३.३२ अंकसहित स्वर्ण पदक जितेका हुन् । प्रतियोगितामा गोरखाका रविन चेपाङ १५०.६१ अंकसहित दोस्रो भए । चितवनकै विक्रम गुरुङ १५४.४५ अंकसहित कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । विजयी खेलाडीहरुलाई नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघका बरिष्ठ उपाध्यक्ष सूर्य जोशी, महासचिव सुदीप गौतम, कोषाध्यक्ष महेश थापालगायतले पुरस्कार वितरण गरे ।
दुई दिने प्रतियोगिताको अन्तिम चरणमा दुई महिलासहित ३८ खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितालाई सफल पार्न पाँच अन्तर्राष्ट्रियसहित १७ जनाले निर्णायकले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण