गजुरी गाउँपालिकामा अध्यक्षले जनयुद्ध दिवसमा बिदा दिए, उपाध्यक्षले उल्ट्याइन्
धादिङ । धादिङको गजुरी गाउँपालिकामा जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने कि नदिने भन्ने विषयमा अध्यक्ष र उपाध्यक्षबिच विवाद देखिएको छ । बुधवार गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने सूचना जारी गरेका थिए ।
अध्यक्ष श्रेष्ठले बिदाको सूचना सार्वजनिक गरे लगत्तै उपाध्यक्ष शर्मिला बिसुरालले गाउँ कार्यपालिकाको बैठकले सोसम्बन्धी कुनै निर्णय नगरेको भन्दै फागुन १ गते सार्वजनिक बिदा नभएको सूचना प्रकाशित गरेकी छन् ।
उपाध्यक्ष बिसुरालले गृह मन्त्रालयद्वारा जारी सूचनाअनुसार फागुन १ गते सार्वजनिक बिदा नहुने बेहोरा उल्लेख गर्दै सर्वोच्च अदालतबाट पनि सार्वजनिक बिदा दिन नमिल्ने फैसला भइसकेकोले त्यस दिन बिदा नदिएको प्रस्ट पारेकी छन् ।
उनले गाउँपालिकाभित्रका सबै निकायहरूलाई यथावत् रूपमा कार्यालय सञ्चालन गर्न समेत आग्रह गरेकी छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण