जारी सिजनमा आर्सनललाई धक्का, स्ट्राइकर ह्याभर्ट्जको शल्यक्रिया हुने
काठमाडौं । अग्रपंक्तिका खेलाडी काई ह्याभर्ट्ज चोटग्रस्त भएपछि इंग्लिश क्लब आर्सनललाई जारी सिजनमा ठूलो नोक्सान हुने देखिएको छ । हामस्ट्रिंगको चोटका कारण ह्याभर्ट्जले शल्यक्रिया व्यहोर्नु पर्ने भएको छ ।
दुबई प्रशिक्षणका दौरान चोटग्रस्त भएसँगै जारी सिजनमा उनी खेल्न नसक्ने भएका छन् । २५ वर्षीय उनी २०२५–०२६ को प्रि–सिजनमा समेत उनको रिहाविलिटेशन जारी रहने छ ।
ह्याभर्ट्जको अनुपस्थितिले उत्तरी लण्डनबासी सिजनको बाँकी समय मान्यताप्राप्त अग्रपंक्ति अर्थात् स्ट्राइकरविहिन हुने भएका छन् । काई फिट हुँदाहुँदै सिजन नै समाप्त हुनसक्ने सूचनापछि सिंगो क्लब उनको स्वास्थ्य लाभको कामनामा जुटेको छ ।
अघिल्लो सिजनमा समेत यस्तै व्यवधानले आर्सनलले १८ खेलमा १६ मा जित हासिल गरेको थियो । जारी प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलसँग ७ अंकको दुरी कायम गर्दै आर्सनल दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण