नेपाल सुपर लिगको अक्सन फागुन १० गते
_Kf2f0XLx7P.png)
काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताको आगामी संस्करणका लागि अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) को मिति तय भएको छ ।
नेपाल सुपर लिगको आयोजक नेपाल स्पोटर्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले फागुन १० गते अक्सन हुने जनाएको छ ।
नेपाल सुपर लिगको आगामी संस्करणमा झापा फुटबल क्लब, चितवन फुटबल क्लब, काठमाडौँ रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, पोखरा थन्डर्स फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लबको सहभागिता रहने छ ।
यस पटक अक्सनमा ‘ए’, ‘बी’, ‘सी’, ‘डी’, विदेशी, आइकोनिक र गैरआवासीय नेपाली खेलाडीको सहभागिता रहने बताइएको छ । अक्सनमा ‘ए’ र ‘बी’ श्रेणीका खेलाडीमाथि मात्र बोली लाग्ने आयोजकले जनाएको छ ।
सहभागी टोलीहरूले यस पटक खेलाडीलाई रिटेन (अघिल्लो सिजन टोलीबाट खेलेका खेलाडीलाई पुनः क्लबमै राख्न) गर्न पाउने व्यवस्था पनि गरिएको छ ।
सहभागी टोलीहरूले २२ देखि २३ जना खेलाडीसम्म टोलीमा राख्न पाउने छन् । ललितपुर सिटी प्रतियोगिताको साविक विजेता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ करोड बजेटमा हर्क साम्पाङको असन्तुष्टि
-
गायक दीप श्रेष्ठलाई ‘दीर्घसाधना सम्मान’ प्रदान गर्दै नाट्य प्रज्ञा प्रतिष्ठान
-
इरानमाथि आक्रमण गर्ने योजनालाई ट्रम्पले अनुमोदन गरेका हुन् ?
-
झापाका ५२५ जना वन्यजन्तु पीडित राहतकाे पर्खाइमा
-
बागमती सरकारको रहर : डाङडुङे डाँडामा ‘सिनेमाको सहर’
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह