नेपाल सुपर लिगको अक्सन फागुन १० गते
काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताको आगामी संस्करणका लागि अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) को मिति तय भएको छ ।
नेपाल सुपर लिगको आयोजक नेपाल स्पोटर्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले फागुन १० गते अक्सन हुने जनाएको छ ।
नेपाल सुपर लिगको आगामी संस्करणमा झापा फुटबल क्लब, चितवन फुटबल क्लब, काठमाडौँ रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, पोखरा थन्डर्स फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लबको सहभागिता रहने छ ।
यस पटक अक्सनमा ‘ए’, ‘बी’, ‘सी’, ‘डी’, विदेशी, आइकोनिक र गैरआवासीय नेपाली खेलाडीको सहभागिता रहने बताइएको छ । अक्सनमा ‘ए’ र ‘बी’ श्रेणीका खेलाडीमाथि मात्र बोली लाग्ने आयोजकले जनाएको छ ।
सहभागी टोलीहरूले यस पटक खेलाडीलाई रिटेन (अघिल्लो सिजन टोलीबाट खेलेका खेलाडीलाई पुनः क्लबमै राख्न) गर्न पाउने व्यवस्था पनि गरिएको छ ।
सहभागी टोलीहरूले २२ देखि २३ जना खेलाडीसम्म टोलीमा राख्न पाउने छन् । ललितपुर सिटी प्रतियोगिताको साविक विजेता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण