थाइल्यान्डमा सिग्देलले जिते रजत पदक
शुक्रबार, ०२ फागुन २०८१, १४ : ३१
काठमाडौँ । २९औँ थाइल्यान्ड मास्टर्स एथलेटिक्स प्रतियोगितामा झापाका कृष्णप्रसाद सिग्देलले रजत पदक जितेका छन् । राजधानी बैंककमा आयोजना भएको उक्त प्रतियोगितामा सिग्देलले ५५–५९ उमेर समूहमा लङजम्पतर्फ रजत पदक हात पारेका हुन् ।
उनले ४.९० मीटरको जम्प लगाउँदै रजत पदक हात पारे । ‘पदक जित्छु भन्ने कल्पना गरेको थिइन । प्रतियोगितामा उत्कृष्ट खेलाडीको सहभागिता रहेको थियो । पदक जित्न सफल भएपछि निकै खुसी लागेको छ,’ उनले भने ।
फेब्रुअरी १२ तारिखदेखि सुरु भएको उक्त प्रतियोगितामा भाग लिन नौ खेलाडी र दुई पदाधिकारी गरि ११ जनाको नेपाली टोली बैंकक पुगेको थियो । प्रतियोगितामा २२ राष्ट्रका खेलाडी सहभागी रहेको बताइएको छ । प्रतियोगिता आइतबारसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण