आहा रारा पोखरा गोल्डकपको नयाँ च्याम्पियन बन्याे ब्ल्याक बुल्स
पोखरा । २४ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी च्याम्पियन बनेकाे छ ।
शनिबार पाेखरा रंगशालामा भएको फाइनलमा यहाँको सर्वाधिक सफल टिम पुलिसलाई एकका विरुद्ध तीन गोलले पराजित गरी उज्जेकिस्तानी टिमले पहिलोपल्टको सहभागितामै उपाधि जितेको हो । योसँगै आहा रारा पाेखरा गाेल्डकपले पनि नयाँ च्याम्पियन पाएको छ । उपाधि विजेताले १२ लाख र उपविजेताले ६ लाख शिल्ड, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्।
चिसो मौसमबिच पोखरेली दर्शकसामु सानदार खेल पस्केको ब्ल्याक बुल्सले पहिलो हाफमा अग्रता लिएको तियो । दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो। पुलिसले खेल उत्तरार्धमा सान्त्वना गोल मात्र फर्कायो।
ब्ल्याक बुल्सका क्याप्टेन जाखाेनगिर अख्माेडाेभले ४० औँ मिनेटमा हानेकाे फ्रिकिक पुलिसका किपर शत्रुधन चाैधरीले क्याच गरी बचाउन खोज्दा फुस्किएको हो । दोस्रो हाफमा अशिलवेक ओरिफजाेनाेभले गोल अन्तर दोब्बर पार्दा साभकाटजाेन स्याट्राेभले टिमका लागि गोल गरी गाेलअन्तर शून्यका विरुद्ध तीन बनाए।
ब्ल्याक बुल्सले क्वाटरफाइनलमा थण्डरबोल्ट नर्थ युनाइटेड क्लब, सिक्किमलाई ३–० ले पराजित गरी विजयी यात्रा सुरूवात गरेकाे थियो । दोस्रो सेमिफाइनलमा थ्री स्टार क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो । जबकि थ्रि स्टार ५ पटकको विजेता हो ।
विभागीय पुलिसले उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–०, क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले पराजित गरेको थियो । पुलिसले क्याराभानसहित आहा रारा गोल्डकपको पहिलो, छैटौँ, सातौँ, आठौँ र २०७४ सालकाे सोह्रौँ संस्करण जितेको छ ।
फाइनलमा खेलकाे सुरूवातकाे ३ मिनेटमै पुलिसले अग्रता लिने मौका गुमाएको तियो। अरुण गाहाकाे हेडबल पाेलमा लागेर फर्किएको तियो। उसका लागि थप गाेलका अवसर पनि खेर जाँदा ७ वर्षपछि साताैं पल्ट उपाधि जितेर रेकर्ड ब्रेक सपना चकनाचुर हुन पुग्यो।
आयोजक सहारा क्लब पोखराले गत २२ माघदेखि आयोजना गरेको प्रतियोगितामा १२ टिमले भाग लिएका थिए। यो प्रतियोगितामा यसअघि ८ टिमको नाममा उपाधि दर्ज छ। यो प्रतियोगिता नेपाली फुटबल इतिहासमै निरन्तर २४ वर्षदेखि हुँदै आएको एकमात्र प्रतियोगिता हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण