प्रधानमन्त्री ओलीको दाबी– १७ महिना तोप हाने पनि सरकार ढल्दैन

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अब १७ महिना तोप हाने पनि सरकार नढल्ने दाबी गरेका छन् । सोमबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्दै उनले दुई तिहाइको बलियो सरकार भएकाले केही गरे पनि नढल्ने दाबी गरेका हुन् ।
पूर्व सहमतिअनुसार १७ महिनापछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीले दोहोर्याए ।
‘केही पार्टीले सरकार ढल्ने हल्ला चलाइराखेका छन् । यस्तो हल्ला नचलाइदिए पनि हुन्थ्यो । यस्तो हल्ला नचलाइ दिए पनि हुन्थ्यो । गलत हल्लाले जनतामा निराशा बढ्छ । अब १७ महिना म सरकार चलाउँछु । त्यसपछि शेरबहादुर देउवाजीलाई सत्ता छोड्छु । यो डिक्लेयर छ । हल्ला चलाउनै पर्दैन’, उनले भने, ‘१७ महिनालाई तोप हाने पनि सरकार ढल्दैन । जे गरे पनि ढल्दैन । प्रधानमन्त्री ढल्दैन । सरकार त दुई तिहाइको छ । जति बल गरे पनि ढल्दैन । १७ महिना पछि केही गर्नै पर्दैन ।’
प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबिच अहिले कुनै आशङ्का नभएको जिकिर गरे । बलिया पार्टी मिलेर बलियो सरकार बनेकाले कुनै हल्लाको पछि नलागि ढुक्क भएर काम गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु