दोस्रो ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुने टोली र खेलाडीको टुंगो
काठमाडौँ । ई–स्पोर्टस संघ नेपाल (ईशान) को आयोजनामा सञ्चालन हुन लागेको दोस्रो ई–स्पोर्टस राष्ट्रिय च्याम्पियनसिपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टोली र खेलाडीहरुको टुंगो लागेको छ । आयोजकले छनोट चरण, समूह चरण र प्ले–अफ खेलाएर अन्तिम चरणमा खेल्ने टोलीको टुंगो लगाएको हो ।
प्रतियोगिताको पब्जी मोइबल स्पर्धामा १६ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्ले–अफमा २४ टोलीले प्रतिस्पर्धा गरेकोमा शीर्ष १६ टोली अन्तिम चरणका लागि छानिएको आयोजकले जनाएको छ । मोबाइल लेजेन्ड्समा दुई टोलीले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । भ्यालोरेन्ट र डोटा टुमा तीन–तीन टोल अन्तिम चरणका लागि छनोट भएका छन् । ई फुटबलको अन्तिम चरणमा १६ जना खेलाडी छनोट भएका छन् ।
पब्जीमा अन्तिम चरणमा छनोट भएका १६ टोलीमा लियो इस्पोटर्स, डिबरएस गेमिङ, रोएल गुर्खाज ई–स्पोटर्स, टि टु के ई–स्पोटर्स, रोएल ड्रागन ई–स्पोर्टस, हइन ई–स्पोटर्स, फोर योन्को लक्की क्याट, ड्रिम टु डेस्टिनेसन, ट्राइब एरोमेसी, आरसी ३२ ई–स्पोटर्स, फोर डेथ मेसिन, सोल्टी स्क्वाड, दाई ई–स्पोटर्स, नेप्क्स, जुट्टी स्क्वाड र फ्युचर एलिएन्स रहेका छन् ।
आयोजकका अनुसार, डोटा टुमा छनोट भएका टोलीमा किर्तिपुर, स्नेक हारु र एभेन्जर्स छन् । भालोरेन्टमा छनोट भएका टोलीमा नो टक ओनली किल, अरकान र काल्म डाउनले रहेका छन् । मोबाइल लेजेन्ड्समा छनोट भएका टोलीमा हमिङ बड्र्स र औरा रहेका छन् ।
ई फुटबलका लागि अन्तिम चरणमा छनोट भएका १६ खेलाडीमा राजेश बिसी, आशुतोषविक्रम कार्की, प्रियम मगर, हृज्वान श्रेष्ठ, स्वप्निल अधिकारी, अनिश श्रेष्ठ, बुद्धि बहादुर भट्टराई, सन्दिप गोले तामाङ, निमेश श्रेष्ठ, उदिप महर्जन, सन्देश थापा, वियज लामा तामाङ, अमन रायमाजी, दावा नोर्बु शेर्पा, विशाल राई र दिपक भट्टराई छन् ।
च्याम्पियनसिपको कुल पुरस्कार राशी २५ लाख रुपैयाँ रहेको छ । च्याम्पियनसिपको अन्तिम चरणको खेल फागुन ८ देखि १० गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण