कमरान अकमल भन्छन्– ‘पाकिस्तानको च्यामिपयन्स ट्रफी खेल्ने स्तर नै छैन’
काठमाडौँ । घरेलु टोली पाकिस्तानले जारी च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेलमा निराशाजनक प्रदर्शन गरेपछि पूर्वक्रिकेटरहरु आक्रोशित बनेका छन् । उनीहरुले पाकिस्तानी टोलीको प्रदर्शनको आलोचना पनि गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानी टोली घरेलु मैदानमै न्युजिल्यान्डसँग ६० रनले पराजित भएको थियो । पाकिस्तानी टोलीको बलिङ र ब्याटिङ दुबै बिर्सनलायक थियो । पाकिस्तानी टोलीका ब्याट्सम्यानहरुले एक सयभन्दा बढी बलमा एक रन पनि बनाउन सकेका थिएनन् ।
उक्त हारपछि पाकिस्तानी टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना पनि निकै कमजोर बनेको छ । समर्थक र अन्य पूर्वखेलाडीजस्तै कमरान अकमलले पनि आफ्ना खेलाडीको प्रदर्शनप्रति निराशा व्यक्त गरेका छन् । आफ्नो समयका प्रभावशाली विकेटकिपर ब्याट्सम्यान कमरान अकमलले त वर्तमान खेलाडीहरुको प्रदर्शनको आलोचना गर्दै पाकिस्तानी टोलीको च्याम्पियन्स ट्रफी खेल्ने हैंसियत नै नभएको टिप्पणीसम्म गरेका छन् ।
‘पाकिस्तानी टोलीको च्याम्पियन्स ट्रफी खेल्ने स्तर नै छैन । च्याम्पियन्स ट्रफीजस्तो ठुलो प्रतियोगितामा यो स्तरको प्रदर्शन लाजलाग्दो पक्ष हो । हामीले च्याम्पियन्स ट्रफीका लागि गरेको तयारीलाई पनि यसले देखाउँछ,’ ४३ वर्षीय कमरान अकमलले भनेका छन् ।
उनले पाकिस्तानी टोलीलाई पहिले आयरल्यान्ड र जिम्बाबेजस्ता टोलीसँग खेलाउनु पर्ने सुझाव पनि दिएका छन् । ‘अहिले आयरल्यान्ड र जिम्बाबेबिच शृंखला भइरहेको छ । पहिले पाकिस्तानलाई उनीहरुसँग खेलाउनु पर्छ । त्यसमा विजयी भएमात्र पाकिस्तानी टोली च्याम्पियन्स ट्रफीको हकदार हुनेछ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण