सङ्घीय निजामती सेवा विधेयक टुंगो लगाउन ११ सदस्यीय उपसमिति गठन
काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकको टुंगो लगाउन एघार सदस्यीय उपसमिति गठन गरिएको छ। शुक्रवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले सङ्घीय निजामती सेवा विधेयकका विवादित विषय टुङ्ग्याउनका लागि नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा एघार सदस्यीय समिति गठन गरिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।
दफावार छलफलका क्रममा सहमति नभएपछि उपसमितिमार्फत टुंगो लगाउन समिति गठन गरिएको उनले बताए। उनले भने, ‘छलफलको क्रममा पनि सहमतिमा पुग्न नसकेपछि समस्या आउने नै भयो। त्यसैले यी विवादित विषयहरू र अब सबैलाई एकीकृत अनुरोध गर्न चाहन्छु ।’
सेवा शर्त सम्बन्धमा बनेका विधेयक सबै विषयमा छिटोभन्दा छिटो समितिमा पेस गर्ने गरी एउटा उपसमिति निर्माण गर्न तपाईंहरुलाई म अनुमतिका लागि अनुरोध गर्न चाहन्छु ।’
समितिमा एमालेबाट रघुजी पन्त र लीलानाथ श्रेष्ठ, कांग्रेसबाट ईश्वरी न्यौपाने, माओवादी केन्द्रबाट हितराज पाण्डे, रास्वपाबाट डा.चन्दा कार्की, जसपा नेपालबाट प्रकाश अधिकारी, जसपाबाट अशोक राई, नेकपा एसबाट राजेन्द्र पाण्डे, राप्रपाबाट बुद्धिमान तामाङ र लोसपाबाट सर्वेन्द्रनाथ शुक्ल सदस्य छन् ।
उपसमितिले एक महिनाभित्र विधेयकमा सहमति जुटाएर प्रतिवेदन पेस गर्न समितिले समय दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण