शेखर कोइरालाको आरोप– देश एमालेकरण भएका कारण अर्थतन्त्र धराशायी बन्दै गयो
सुर्खेत । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेमाथि गम्भीर आरोप लगाएका छन् । कोइरालाले देश एमालेकरण भएका कारण नै देशको अर्थतन्त्र धराशायी बन्दै गएको आरोप लगाएका हुन् ।
‘प्रधानमन्त्री एमाले, सभामुख एमाले, अर्थमन्त्री एमाले, राष्ट्र बैँकको गभर्नर एमाले, लगानी बोर्डको अध्यक्ष एमाले, योजना आयोगको उपाध्यक्ष एमाले, अनि आज अर्थतन्त्र किन धराशायी हुँदै छ,’ शुक्रबार वीरेन्द्रनगरमा आयोजित पूर्वआप्रवासी समन्वय विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘देश एमालेकरण भएका कारण अर्थतन्त्र धराशायी हुँदै गएको छ भन्ने मेरो मान्यता हो ।’
बिस्तारै थाह नपाउने गरी देश एमालेकरण भइसकेको उनको भनाइ छ । उनले अगाडि थपे, ‘त्यसलाई कसले रोक्ने हो ? हामीले खबरदारी नगरे देश बरबाद हुन्छ ।’
आफ्नै पार्टी सरकारमै भएपनि खबरदारी गर्न आवश्यक रहेको उनको भनाइ छ । एमालेले ल्याएका अधिकांश निर्णय कांग्रेसका मन्त्रीहरूले हुबहु हुन्छ भन्ने गरेको र त्यसमा खासै ध्यान नदिइएको पनि कोइरालाले बताए । ‘एमालेले ल्याएको प्रस्ताव फटाफट पास हुने, अनि हाम्रा मन्त्रीले ल्याएको प्रस्ताव संयन्त्रमा पठाउन चाहनुहुन्छ,’ उनले भने, ‘किनभने त्यहाँ एमालेको मान्छे छैन ।’ यस्तो अवस्थाले देश चल्न गाह्रो हुने कोइरालाको निष्कर्ष छ ।
दुइैवटा ठुला दल मिल्दा देश कहिलेकतै निरङ्कुशता जान सक्ने भएकाले खबरदारी गरिरहनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण