मोदी मौरिससकाे राष्ट्रिय दिवस समारोहमा सहभागी हुने
काठमाडाैँ । मौरिससका प्रधानमन्त्री डा. नवीन रामगुलमले देशको स्वतन्त्रता दिवस समारोहमा प्रमुख अतिथिको रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुने बताएका छन्। त्यहाँको राष्ट्रिय सभालाई सम्बोधन गर्दै उनले यसबारे जानकारी गराएका हुन् ।
मौरिससको स्वतन्त्रता दिवस मार्च १२ मा मनाइन्छ। मौरिससले १९६८ मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
समाचार एजेन्सी पीटीआईका अनुसार मौरिससका प्रधानमन्त्री डा. नवीन रामगुलामले प्रधानमन्त्री मोदीलाई मौरिससको स्वतन्त्रता दिवस समारोहमा भाग लिन निमन्त्रणा पठाएको बताएका छन् । जुन प्रधानमन्त्री मोदीले स्वीकार गरेका छन् ।
प्रधानमन्त्री डा नवीन रामगुलामले भने, 'हाम्रो देशको स्वतन्त्रताको ५७ औं वार्षिकोत्सव मनाउन आयोजित राष्ट्रिय दिवस समारोहमा मैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशिष्ट अतिथिको रूपमा आमन्त्रित गरेको कुरा सदनलाई जानकारी गराउन पाउँदा म अत्यन्तै खुसी छु र उहाँले निमन्त्रणा स्वीकार गर्नुभएको छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण