साइन रेसुङ्गा राष्ट्रिय टेन के रनमा सन्तोषी र मिङ्मार च्याम्पियन
काठमाडौँ । सन्तोषी श्रेष्ठ र मिङ्मारसिंह तामाङले साइन रेसुङ्गा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन् । रुपन्देहीको बुटवलमा आइतबार सम्पन्न दौडमा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङ्मार च्याम्पियन बनेका हुन् ।
आ–आफ्नो विधामा च्याम्पियन बनेका दुवै खेलाडीले जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । महिलातर्फ सन्तोषीले निर्धारित दूरी ३६.२१ सेकेन्डमा पुरा गरिन् । उक्त स्पर्धामा पूर्णराज्यलक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथों र नारायणी भण्डारी पाँचौं भए ।
यसैगरी, पुरुषतर्फ नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सञ्जिव नेपाली चौथों र अक्कल बडवाल पाँचौं भए । दुवै विधामा दोस्रो हुने धावकले ४० हजार, तेस्रोले २० हजार, चौथोंले १५ हजार र पाँचौं हुने खेलाडीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
स्थानीय पाँच किलोमिटर स्पर्धामा पुरुषतर्फ शिव रायमाझी र महिलातर्फ पूजा पछाईं विजेता बने । पुरुषतर्फ अजय पाण्डे दोस्रो, मुकेश थारु तेस्रो र प्रेमलाल कोहार चौथों बने । महिलातर्फ तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर चौथौं भए ।
यसैगरी, भेट्रान्स स्पर्धामा महिलातर्फ मनकुमारी रायमाझी पहिलो र गोमा सुबेदी दोस्रो भए । सोही स्पर्धाको पुरुषतर्फ युवबहादुर राना पहिलो र गोबिन्द थापा दोस्रो भए । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा ओलम्पियन बैकुन्ठ मानन्धर प्रमुख अतिथी रहेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले खेलकुदमार्फत समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले दौड आयोजना गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण