युक्रेन पुगे ट्रुडोसमेत कयौँ युरोपेली नेता
कीभ । रुसले युक्रेनमाथि आक्रमण गरेको तीन वर्ष पूरा हुनै लागेको छ । यसैबिच अमेरिकाले युक्रेनलाई नबोलाई रुससँग एकतर्फी हिसाबले शान्ति वार्ता गरेको केही दिनपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो त्यहाँको राजधानी कीभमा पुगेका छन् ।
युक्रेनलाई समर्थन गर्दै किम पुग्ने ट्रुडो एक्लो नेता होइनन्, कम्तीमा अरू १२ जना नेता पनि यतिबेला कीभमा छन् ।
युरोपेली संघ र युरोपेली परिषद्का सदस्यहरू कीभको रेल स्टेशनमा उत्रिएको केही बेरमै स्पेनी प्रधानमन्त्री पेद्रो साञ्चेजको साथसाथै डेनमार्क, नर्वे, स्वीडेन, फिनल्यान्ड, लिथुआनिया, लाट्भिया र इष्टोनिया लगायत देशका नेताहरू पनि त्यहाँ पुगेका थिए ।
यो सम्मेलनमा कम्तीमा १४ जना युरोपेली नेता सहभागी हुने युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले जानकारी दिएका छन् । त्यस्तै अनलाइनमार्फत यसमा कम्तीमा अरू २० देशका नेताहरूको सहभागिता रहनेछ ।
जेलेन्स्कीलाई ‘तानाशाह’ भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दबाब दिएपछि युक्रेनप्रति ऐक्यबद्धता देखाउन युरोपेली देशका नेताहरू कीभ पुगेका हुन् । ‘हामी आज कीभमा छौँ, किनकि युक्रेन युरोप हो । जीवन रक्षार्थ उसको यो लडाइँमा युक्रेनको भविष्य मात्रै दाउमा छैन । युरोपको भाग्य पनि योसँग जोडिएको छ,’ युरोपेली आयोगकी आयुक्त उर्सुला भोन देर लेयेनले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण