विवाह आफूले सोचेभन्दा भिन्न भएको सोनमको खुलासा, साथी भाइ–आफन्तसँग रिसाउँदै यसो भनिन्
सोनम कपुरको विवाह भएको करिब एक महिना भयो । तर अब सोनमले आफ्नो विवाहको तरिकासँग खुसी नभएको खुलासा गरेकी छिन् । विशेषगरी आफ्नो विवाहमा गोपनियता नअपनाइएको विषयमा उनले असन्तुष्टि व्यक्त गरेकी छिन् । सोनमले आफू तडकभडकयुक्त विवाह नभई आर्य समाजको रितिरिवाजले, कम व्यक्तिहरुको उपस्थितीमा विवाह गर्न चाहेको जानकारी दिएकी छिन् ।
रुष्ट सोनम भन्छिन्, ‘साथी भाइ, आफन्तले किन वास्ता गरेनन्’
हालै ‘वीरे दी वेडिङ’ को प्रोमोशनको क्रममा मिडियासँग कुराकानी गर्दै सोनमले आफ्ना असन्तुष्टि व्यक्त गरेकी हुन् । उनले भनिन्, ‘मेरा विशेष साथी र भाइ बहिनीले थुप्रै भिडियो बनाए र त्यसलाई सोसल मिडियामा सेयर गरे । रणबीर र ज्याकलिनले त विवाहको लगभग पूरा भिडियो सोसल मिडियामा लाइभ गरिदिए । उनीहरु मस्ती गरिरहेका थिए र उनीहरुलाई स्वरा भास्कर, मिका सिंह र अर्जुन कपुरले पनि साथ दिइरहेका थिए । विवाहमा लुकाउनुपर्ने कुरा त केही पनि थिएन तर जब हामी गोपनियताको कुरा गर्छौं तब मेरो विवाहका बेला यसबारे किन बिचार गरिएन ।’
सोनम भन्छिन्, ‘न म रक्सी पिउँछु न नै ननभेज खान्छु’
सोनमले भनिन्, ‘म आर्य समाजको रितिरिवाजबाट विवाह गर्न चाहन्थें । न म रक्सी खान्छु न नै ननभेज खान्छु । यस्तोमा मेरा लागि सबैभन्दा सही आर्य समाजको विवाह थियो ।’
स्मरण रहोस्, सोनमले दिल्लीका व्यवसायी आनन्द अहूजासँग विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण