मधानी महोत्सवको खर्च विवरण सार्वजनिक
रौतहट । रौतहटको मौलापुर नगरपालिका द्वारा आयोजित छैटौँ मधानी महोत्सवको खर्च विवरण सार्वजनिक गरिएको छ।
पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी मेयर रिनाकुमारी साहको अध्यक्षता एवं आमजनता पार्टीका अध्यक्ष पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा महोत्सवको खर्च सार्वजनिक गरिएको हो।
गत ११ गतेदेखि १५ गतेसम्म पाँच चलेको दिवसीय मधानी महोत्सवमा नगरपालिकाबाट कुल ६६ लाख २३ हजार ३ सय रुपैयाँ खर्च भएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय रामबाबु साहले बताए। मधानी महोत्सव २०८१ मा ५ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरूले अवलोकन गरेको थियो।
महोत्सव अवधिमा मौलापुरमा १० करोड भन्दा बढीको आर्थिक कारोबार भएको तथा नगरवासी व्यापारीहरूले २ करोडभन्दा बढीको मुनाफा आर्जन गरेको अधिकृत साहले दाबी गरे।
कार्यक्रममा महोत्सवका विभिन्न उपसमितिहरूका संयोजकहरूले महोत्सवको सन्दर्भमा समीक्षा मन्तव्य राखेका थिए।
मौलापुर मधानी महोत्सव २०८१ ले मौलापुर नगरपालिका एवं पतौरा धामको मान प्रतिष्ठामा बढोत्तरी भएको , मधानी यज्ञको महिमालाई विश्वस्तरमा पुर्याउने तथा पतौरा धामलाई विश्वको एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुनेमा विश्वास बढेको वक्ताहरूले बताएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण