मधानी महोत्सवको खर्च विवरण सार्वजनिक

रौतहट । रौतहटको मौलापुर नगरपालिका द्वारा आयोजित छैटौँ मधानी महोत्सवको खर्च विवरण सार्वजनिक गरिएको छ।
पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी मेयर रिनाकुमारी साहको अध्यक्षता एवं आमजनता पार्टीका अध्यक्ष पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा महोत्सवको खर्च सार्वजनिक गरिएको हो।
गत ११ गतेदेखि १५ गतेसम्म पाँच चलेको दिवसीय मधानी महोत्सवमा नगरपालिकाबाट कुल ६६ लाख २३ हजार ३ सय रुपैयाँ खर्च भएको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय रामबाबु साहले बताए। मधानी महोत्सव २०८१ मा ५ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरूले अवलोकन गरेको थियो।
महोत्सव अवधिमा मौलापुरमा १० करोड भन्दा बढीको आर्थिक कारोबार भएको तथा नगरवासी व्यापारीहरूले २ करोडभन्दा बढीको मुनाफा आर्जन गरेको अधिकृत साहले दाबी गरे।
कार्यक्रममा महोत्सवका विभिन्न उपसमितिहरूका संयोजकहरूले महोत्सवको सन्दर्भमा समीक्षा मन्तव्य राखेका थिए।
मौलापुर मधानी महोत्सव २०८१ ले मौलापुर नगरपालिका एवं पतौरा धामको मान प्रतिष्ठामा बढोत्तरी भएको , मधानी यज्ञको महिमालाई विश्वस्तरमा पुर्याउने तथा पतौरा धामलाई विश्वको एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुनेमा विश्वास बढेको वक्ताहरूले बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?