गैर आवासीय मधेशी संघ युएईको अध्यक्षमा अन्सारी
युएई । विश्वभरी छरिएर रहेका मधेसीको ता संगठन अन्तर्राष्ट्रीय समिति गैर आवासीय मधेशी संघ (एनआरएमए) युएई शाखाको पाचौं महाधिवेशन सम्पन्न भएको छ ।
शुक्रवार सम्पन्न पाँचौं महाधिवेशनबाट सदाम अन्सारीको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शम्भु महारा, उपाध्यक्षमा शिव दयाल चौधरी, मनोज कुमार साह, प्रमोद राम चुनिएका छन ।
यसैगरी, महासचिवमा सूनिल मण्डल, सचिवमा महेश्वर यादव, कोषाध्यक्षमा श्याम साह, सह–कोषाध्य प्रमोद साह, मिडिया कोर्डिनेटरमा प्रमोद पासवानलाइ चयन गरिएको छ ।
सदस्यहरूमा लक्ष्मी साह, जितेश चौधरी, धर्मेन्द्र साह, उपेन्द्र राउत, रवी पटेल, रविन्द्र दास, राम नारायण यादव, सत्य नारायण साह, अवधेश मिश्र, उदाय साहलाइ चयन गरिएको छ ।
बैठकले तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा वरिष्ठ सल्लाहकार ई। संजय कुमार कर्ण, सल्लाहकार जग नारायण मण्डल, हेमु कर्ण रहेका छन ।
मधेशी समुदायलाई संगठित गर्दै मधेश र मधेशीको हकहितमा काम गर्ने छाता संगठनको रूपमा गैर आवासीय मधेशी संघ (एनआरएमए) अन्तर्राष्ट्रीय समिति को स्थापना ८ सेप्टेम्बर २०१० मा भएको हो ।
गैर आवासीय मधेसी संघ ४४ वटा देशमा फैलिएको छ भने यस संगठनमा २ लाख भन्दा बढ़ी सदस्य रहेका छन्। युएई मलेसिया, कतार , साउदी अरब, कुवैत, भारत र मध्यपूर्वका देशहरुमा एनआरएमएका सदस्यहरुको बाक्लो उपस्थिति रहेको छ ।
विदेशी भूमिमा पनि गैर आवासीय मधेशी संघ एउटा सशक्त, संगठित र प्रभावकारी संगठनको रूपमा देखिएको छ । संगठनले आगामी दिनहरुमा मधेशमा आमूल सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनका साथ अगाडि बढ्दै गरेको युएई समितिको अध्यक्ष सदाम अंसारीले बताए । महाधिवेशन उदघाटन शत्रको प्रमुख आतिथ्य जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण