शेर्पा समुदायद्वारा ताप्लेजुङमा सद्भाव र्याली

ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले आज सदरमुकाम फुङ्लिङ बजारमा सद्भाव र्याली आयोजना गरेको छ । शान्ति र समृद्धिको सन्देश फैलाउने उद्देश्यले निकालिएको उक्त र्यालीमा शेर्पा समुदायका सदस्य मौलिक पोसाकमा सजिएर सहभागी भएका थिए ।
र्यालीले वीरेन्द्र चोकबाट सुरु भई तोक्मे डाँडामा रहेको गुम्बाको परिक्रमा गरेको थियो । गुम्बा परिक्रमा शेर्पा समुदायको धार्मिक आस्थासँग गाँसिएको महत्त्वपूर्ण परम्परा हो । त्यसले शान्ति, सद्भाव र सकारात्मक ऊर्जाको प्रवर्द्धन गर्ने विश्वास गरिन्छ ।
उक्त र्याली हिमालयन शेर्पा सांस्कृतिक केन्द्र ताप्लेजुङ र शेर्पा सञ्चार समूह नेपाल जिल्ला शाखाको संयुक्त आयोजनामा गरिएको हो । आयोजक संस्थाहरूले बौद्धमार्गीको राष्ट्रिय पर्व २१५२औँ शिङ मो डुल लो ग्याल्पो लोसारको अवसरमा आज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको छन् ।
ग्याल्पो लोसार पर्व शेर्पा समुदायका लागि विशेष महत्त्व राख्ने चाड हो । यस अवसरमा परम्परागत नृत्य, मौलिक गीत सङ्गीत तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानसँगको सम्झौतामा नरहने सन्दीप लामिछानेको घोषणा
-
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन भएपछि थन्कियो- सांसद पाण्डे
-
रवीन्द्र मिश्रसहित इजलासमा उपस्थित हुन सर्वोच्चको आदेश
-
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छ : सांसद गिरी
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
-
आमिरले आमा र प्रेमिका गौरीको गराइदिए भेट