स्वास्थ्य बीमामा देखिएका समस्या नीतिगत निर्णय गरेर समाधान गरिने
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डका नवनियुक्त कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले बोर्डमा वित्तीय दीगोपना स्थापित गर्न आफूले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।
शुक्रवार स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । उनले बोर्डले प्रवाह गर्ने स्वास्थ्य सेवा सरल, सुलभ र गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गरे । काफ्लेले बोर्डले दिने सेवा प्रभावकारी बनाउन सुशासनको महत्वपूर्ण भुमिका रहने भएकाले सुशासन कायम गर्न लागि पर्ने बताए ।
कार्यकारी निर्देशक डा. काफ्लेले सात सय ५३ वटै पालिकाबाट बिस्तारित स्वास्थ्य बीमाबाट लाखौँ सर्वसाधारण लाभान्वित भएको बताए । सेवा प्रवाहमा देखिएका समस्याहरु बोर्डले नीतिगत निर्णय गरेर समाधान गर्ने उनको भनाइ छ । उनले सेवा प्रवाहका लागि देखिएका आर्थिक समस्याहरु सरकारसँग सहकार्य गरेर समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यकारी निर्देशक डा. काफ्लेले अहिले भइरहेको स्वास्थ्य सेवाको प्याकेजमा पुनरावलोकन गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण