राजकिशोरले संसद्मा नागरिकताको विषय उठाउँदा प्रजिअको गुनासो
काठमाडौँ । सिरहाबाट एक जना भारतीय नागरिकले नागरिकताको लिएको विषय जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले संसद्मा कुरा उठाएपछि सिरहाका प्रमुख जिल्ला अधिकारीले चित्त दुखाएका छन् ।
सिरहास्थित नरहाका विजय यादवको नेतृत्वमा जसपा नेपालले नागरिकताको विषयमा गत बुधवार ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सांसद राजकिशोर यादव सबै कुरा सांसदमा बोलिसकेकाले अब त्यसमा आफ्नो केही धारणा नरहेको प्रतिक्रिया दिएका हुन् ।
दाहालले भने, ‘सांसद राजकिशोर यादवले संसद्मा जसरी कुरा राख्नुभयो, सायद अब त मलाई मन्त्रालय झिकाउँछ ।’ भारतीय नागरिकले नागरिकता पाएको विषयमा आफूले छानबिन गरिरहेको र आरोपीहरूसँग बयान लिने काम भइरहेको बेला यसलाई संसद्मा उठाएर झनै गिजोलिदिएको गुनासो अधिकारी दाहालले गरेको जसपा नेपालका नेता विजय यादवले बताए ।
सिरहाको नरहा गाउँपालिका–३ को वडाध्यक्ष रुस्तम अन्सारीको सिफारिसमा भारतीय नागरिक मुस्ताक मियाँले २०८० असारमा नागरिकता प्राप्त गरेका थिए । त्यसरी उनले नागरिकता प्राप्त गरेपछि त्यहाँका स्थानीय इनुस अन्सारीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गृह मन्त्रालय र अख्तियार दुरुपयोग आयोगसम्म उजुरी गरेका थिए ।
एक वर्ष बित्दा पनि जिल्ला प्रशासन कार्यालयले कुनै सुनुवाइ नगरेपछि पुनः ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराइएको छ । ध्यानाकर्षण गराएपछि जिल्ला प्रशासन कार्यालयले यस विषयमा सरोकारवालाहरूसँग छलफल चलाएको छ ।
त्यहाँका स्थानीयले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘सिरहा नरहा वडा नम्बर ३ मा बस्ने अमानत मियाँ र रजिना खातुन दुई जनाले नक्कली आमाबुवा बनेर भारतीय नागरिक मुस्ताक मियाँलाई वडा अध्यक्ष रुस्तम अन्सारीको रोहवरमा फारम सिफारिस बनाइ नागरिकता बनाएको हुँदा सो सम्बन्धमा निवेदन गरेको हुँदा सो सम्बन्धमा कुनै किसिमको कारबाही नभएको हुँदा के कति कारणले कारबाही नभएको, त्यो कुराको सम्बन्धमा कागजात प्रमाणको आधारमा आवश्यक कारबाही गरी विपक्षीहरूलाई पुर्पक्षको लागि सम्बन्धित निकाय झिकाइ वडा अध्यक्षमाथि कारबाही गरी नागरिकता सम्बन्धमा छानबिन गरियोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण