हुथी विद्रोहीहरूद्वारा इजरायलमाथि मिसाइल प्रहार
बिहीबार, ०७ चैत २०८१, ११ : २७
तेल अभिभ । इजरायलमाथि प्रहार भएको क्षेप्यास्त्रको जिम्मेवारी यमनको सशस्त्र विद्रोही समूह हुथीले लिएको छ । तेल अभिभ नजिकैको बेन गुरियन विमानस्थलतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको समूहका सैन्य प्रवक्ताले टेलिभिजनमा प्रसारित विज्ञप्तिमा भनेका थिए ।
इजरायली सुरक्षा बलले इजरायलका केही क्षेत्रमा साइरन बज्न थालेको बताएको छ । यसमा कोही घाइते भएको खबर आएको छैन । यसैबिच, गाजामा हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले बिहीबार बिहान इजरायली आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको बताएको छ ।
हवाई हमलापछि इजरायलले गाजामा आफ्नो स्थलगत कारबाही तीव्र पारेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दुई दिनमा इजरायली आक्रमणमा ४३० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण