लेबनानमाथि इजरायलले गर्यो हवाई आक्रमण
बेरुत । इजरायलले लेबनानमाथि हवाई आक्रमण गरेको छ । लेबनानबाट इजरायलमाथि केही रकेट हमला भएपछि प्रतिकारमा उसले पनि यस्तो आक्रमण गरेको हो । आफूले दक्षिणी लेबनानमा रहेको दर्जनौँ रकेट लन्चर र इरान समर्थित हिजबुल्लाहको कमान्ड सेन्टरलाई निशाना बनाएको इजरायली सेनाले बताएको छ ।
इजरायली आक्रमणमा बालबालिकासहित ७ जनाको मृत्यु भएको र ४० जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानमा हिजबुल्लाह र प्यालेस्टिनी गुटहरू सहित धेरै सशस्त्र समूहहरू सक्रिय छन् ।
तर इजरायलमा प्रहार गरिएका रकेटहरूको जिम्मेवारी कसैले पनि लिएको छैन । इजरायलले गाजामा हेजबुल्लाहको सहयोगी हमास विरुद्ध आक्रमण तीव्र पारेको केही दिनपछि शनिबार लेबनानबाट रकेट आक्रमण भएको हो ।
इजरायली शहर मेतुलामा प्रहार गरिएका तीनवटा रकेटहरूलाई रोकेको र आक्रमणमा कुनै हताहत नभएको इजरायली सेनाले उत्तरी बताएको छ । यी आक्रमणहरूबाट आफूलाई टाढा राखेको र यसमा आफ्नो कुनै भूमिका नभएको हिजबुल्लाहले भनेको छ । आफू युद्धविरामप्रति प्रतिबद्ध रहेको समूहको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण