दिल्लीमा सेक्स र्याकेट, १० नेपालीसहित २३ जनाको उद्धार
नयाँ दिल्ली । दिल्ली प्रहरीले पहारगन्ज क्षेत्रमा सञ्चालन भइरहेको सेक्स र्याकेट पत्ता लगाएर २३ जना महिलाको उद्धार गर्न सफल भएको छ । यसमा ३ जना नाबालिग र १० जना नेपाली नागरिक रहेको प्रेस ट्रस्ट अफ इन्डियाले जानकारी दिएको हो ।
प्रहरीले मानव तस्करीमा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीय नुरसेद आलम, २२ वर्षीय मोहम्मद राहुल आलम, ३० वर्षीय अब्दुल मनान, तौसिफ रेक्सा, २९ वर्षीय समिम आलम, २६ वर्षीय मोहम्मद जरुल र मोनिष रहेका छन् ।
यो संयुक्त कारबाही पहारगन्ज प्रहरी थाना, सारदानन्द मार्ग प्रहरी थाना र हिम्मतगढ प्रहरी थानाले चलाएको थियो । ‘आरोपीहरूले नेपालसहित पश्चिम बंगाल र भारतका अन्य राज्यबाट महिलाहरूलाई विभिन्न प्रलोभन देखाएर ल्याउने र देहव्यापारमा लगाउने गरेको पाइएको छ,’ एक प्रहरी अधिकारीले भने । उनीहरूलाई पहारगन्जको एउटा कोठामा राखिएको थियो । त्यहाँबाट उनीहरूलाई विभिन्न होटलहरुमा पठाउने गरिन्थ्यो ।
प्रहरीले छापा मार्नअघि सो क्षेत्रको रेकी गरेको थियो भने प्रहरीलाई नै नक्कली ग्राहक बनाएर पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण