थप्पड हानेको निहुँमा विवाद, २० जना मिलेर चार जनामाथि आक्रमण
काठमाडौँ । एक समूहको आक्रमणमा सोमबार राजधानीको कलंकीस्थित एलआरआई स्कुल नजिकै २२ वर्षीय अभय गोलेले ज्यान गुमाए । गोले ढुंगेअड्डाका स्थानीय हुन् ।
चैत ११ मा साँझ एलआरआई स्कुल नजिकै गोलेसहितका ४ जनालाई ठुलो समूहमा आएका युवाहरूले घेरेर आक्रमण गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आक्रमणमा परेर नागढुंगा बस्ने २३ वर्षीय सन्दिप भुजेल, हेटौँडा घर भएर पुरानो नैकाप बस्ने पवन तामाङ ‘चक्रे’ र चन्द्रागिरी घर भएका २२ वर्षीय पासाङ शेर्पा घाइते भएका छन् । उनीहरूको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमणमा संलग्न १७ जना पक्राउ परेका छन् । अभय लामा र नैकाप घर भएका निश्चल मगरको बिचमा फागु पूर्णिमाको अघिल्लो दिन (फागुन २८) मा विवाद भएको थियो । अभयले निश्चललाई थप्पड हानेको आरोप छ । थप्पड हानेको विवाद बढ्दै जान्छ । निश्चल समूहका २५ वर्षीय रोहित खड्काले फागुपूर्णिमा सकिएपछि अभयलाई प्रश्न गरेका थिए, ‘साथीभाइलाई किन थप्पड हानेको ?’
‘खरायो’ भनेर चिनिने रोहित कलंकीस्थित खड्का गाउँका स्थानीय हुन् । निश्चल अभयसँग बदला लिनेगरी अघि बढिरहेको बेला रोहितको मोबाइल हराउँछ । चन्द्रागिरी घर भएका २२ वर्षीय पासाङ शेर्पाले मोबाइल लगेको रोहितको आरोप छ ।
अभयले निश्चललाई झापड हानेको विषयमा फागु पूर्णिमापछि पनि कुरा नटुङ्गिएपछि रोहितले मोबाइल हराएको र थप्पडको विषय सुल्झाउन अर्को समूहलाई बोलाउँछन् ।
सोमबार भेट्न खोज्दा अभयको समूहले ‘हिम्मत भए एलआरआईमा आउनु’ भनेसँगै रोहितले आफ्नो समूहका सदस्यहरूलाई हेर्न पठाउँछ । ४ जना मात्रै रहेको थाहा पाएपछि रोहितको समूहका २० जना त्यहाँ पुगेका हुन् । रोहित र निश्चलका समूहले रड प्रहार गरेर अभयका हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘हत्यामा संलग्न निश्चल र विनय वाइबा सहित ४ जना फरार छन् ।
दुवै समूह कलंकी र नैकाप क्षेत्रमा सक्रिय ‘बाईकर्स’ समूह हुन् ।
हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेहरू-
१. रोहित खड्का, २५ वर्ष । (काठमाडौँ–१४ खड्कागाउँ)
२. झेडी मगर, २० वर्ष । (नवलपरासी घर भएर स्युचाटार बस्ने)
३. नवीन तामाङ, २३ वर्ष (काठमाडौँ–८)
४. राज अर्याल, २७ वर्ष (काठमाडौँ–१४ कलंकी)
५. जीवन श्रेष्ठ, २६ वर्ष (चन्द्रागिरी–७, पुरानो नैकाप)
६. गौतम कुमार जोगी, १९ वर्ष (तनहुँ)
७. प्रवेश गुरुङ
८. साङ्गे लामा, १९ वर्ष (उदयपुर घर भएर स्युचाटार बस्ने)
९. निश्चल तामाङ, २१ वर्ष (सर्लाही राजगढ–६ घर भएर स्युचाटार बस्ने)
१०. आशिष श्रेष्ठ, २२ वर्ष (पर्सा घर भएर स्युचाटार बस्ने)
११. खेमराज मगर, २१ वर्ष (गाईघाट–७ घर भएर स्युचाटार बस्ने)
१२. अजित बुढाथोकी, २५ वर्ष (काठमाडौँ–९)
१३. सुजन तामाङ, २० वर्ष ( धादिङ घर भएर स्युचाटार बस्ने)
१४. सुसान श्रेष्ठ, १९ वर्ष (उदयपुर घर भएर स्युचाटार बस्ने)
१५. डेनियल बिक, १९ वर्ष (सिन्धुली घर भएर स्युचाटार बस्ने)
१६. विनय आलेमगर, २३ वर्ष (धादिङ घर भएर स्युचाटार बस्ने)
१७. रन्जित श्रेष्ठ, २० वर्ष (गोरखा घर भएर स्युचाटार बस्ने)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण